सुपरबाइक शौखिन प्रविन : जसको नाम नै ‘निन्जा दाई’ बनेको छ

कावासाकी ब्रान्डका बाइक हाल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छैनन् । औपचारिक रुपमा बिक्री गर्नका लागि हाल कुनै पनि आधिकारिक वितरक छैनन् । तर कुनै समयमा नेपाली बजारमा समेत बिक्री भएको कावासाकी ब्रान्डका केही बाइक भने नेपाली सडकमा अझै पनि कतै गुडिरहेका भेटिन्छन् ।

यस्तै कावासाकी ब्रान्डका सौखिन मध्ये एक हुन् प्रविनकुमार मैनाली । काभ्रे स्थायी घर भएका प्रविनसँग कावासाकी निन्जा ३०० बाइक छ ।

प्रविन सेकेन्ड ह्यान्ड बाइक व्यवसायी समेत हुन् । काभ्रेको बनेपास्थित तीनदोबाटोमा उनले बनेपा रिकन्डिसन हाउस चलाइरहेका छन् ।

प्रविन कावासाकीको फ्यान भएकै कारणले यो भन्दा पहिले पनि कावासाकी निन्जा ६५० र निन्जा २५० समेत प्रयोग गरिसकेका छन् । उनीसँग हाल उपलब्ध निन्जा ३०० सन् २०१५ को मोडल हो । त्यतिबेलै उनले १० लाख ५० हजार रुपैयाँमा यो बाइक किनेका थिए । हाल नेपालमा ६ जनासँग निन्जा ३०० र २४ जनासँग निन्जा २५० बाइक भएको उनी बताउँछन् । उनीहरुले यी बाइकलाई उपयुक्त रुपमा चलाएर राखिरहेका छन् ।

प्रविनको बाइक हरियो कलरको छ । यसले गर्दा पनि सडकमा यो फरक देखिन्छ र धेरैको आँखा यसैमा टक्क अडिन्छ । यसले गर्दा बाटोमा कतै रोकिदा झुम्मिएर हेर्न आउनेहरु पनि प्रशस्तै हुन्छन् । कावासाकी निन्जा बाइक नेपालमा अहिले किन्न नपाइने भएकैले उनको बाइक देख्ने युवायुवतीहरु त्यसमा झुम्मिन्छन् । उनलाई धेरैले ‘निन्जा दाई’ भनेरै चिन्छन् ।

यद्यपि यो बाइकलाई सधै चलाउने भने उनी गर्दैनन् । कहिलेकाहि मात्र चलाउने गरेको र यसलाई निकै सावधानीपूर्वक स्याहार गरेर राख्ने गरेको उनले बताए । यसका करिब ५० प्रतिशत पार्ट्स अरु विभिन्न ब्रान्डका बाइकका पार्ट्स समेत प्रयोग गर्न सकिन्छ । यसले गर्दा सहज भएको उनी बताउछन् ।

यसमा स्लिपर क्लच छ । अहिले नेपाली बजारमा स्लिपर क्लच भएका बाइक प्रशस्तै भए पनि त्यतिबेला भने यो नौलो प्रविधि थियो । डबल सिलिन्डर, ८ भल्व र एफआई इन्जिन भएको यो बाइकले २७ एनएम टर्क र ३९ बीएचपी पावर जेनेरेट गर्छ । यसको टप स्पिड १९० किमी प्रतिघण्टा भन्दा बढी छ । सुपरबाइकहरु चिल्लो सडकमा कुदाउनका लागि बनाइएकाले ग्राउन्ड क्लियरेन्स पनि थोरै हुन्छ । यसकारण यी बाइक सहरी क्षेत्रमै बढी कुदाइन्छ ।

कावासाकी जापनिज कम्पनी हो । विश्वमा सर्बाधिक स्पिडमा कुद्ने बाइक निर्माता कम्पनीको रुपमा कावासाकी लोकप्रिय छ ।

उनी स्पोर्ट्स ग्रुप अफ भ्याली अर्थात एसजीबीका अध्यक्ष समेत हुन् । फेयरिङयुक्त सुपरबाइक प्रयोगकर्ताहरु यो ग्रुपमा आवद्ध छन् । अनुशासित रुपमा सुपरबाइक कुदाएर उनीहरु विभिन्न समयमा विभिन्न स्थानमा घुमघाम गर्छन् र सामाजिक कार्यमा समेत संलग्न हुन्छन् । ओभरस्पिड कुदाउने, स्टन्ट हान्ने आदि कार्यमा उनीहरु संलग्न हुँदैनन् । उनी भन्छन्, ‘बाइक भनेको देखाउन, गुडाउन र उडाउन मात्र होइन, सुरक्षित तरिकाले इन्ज्वय गर्न सक्छौ भन्ने उद्देश्यले यो ग्रुप बनाएका हौ ।’ उनका अनुसार यो ग्रुपमा हाल ३२ जना राइडर संलग्न छन्, जसमा १५० सीसीको आर१५ भी३ देखि लिएर ६०० सीसीको सीबीआर बाइक छन् । यसमा पनि सबैभन्दा बढी चाहिं डबल सिलिन्डरयुक्त कावासाकी निन्जा, ह्योसुङ जीटीआर, बेनेली ३०२आर, आर३, हन्टरलगायतका अन्य बाइक छन् ।

कावासाकी ब्रान्ड हालको हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्ने गरेको थियो । पछि यसको बिक्री बन्द भयो । त्यसपछि नेपाली बजारमा केटीएम बाइक भित्रिएका थिए ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...

९५ किमी माइलेज दिने बजाज प्लाटिना : महंगो पेट्रोलको जमानामा बन्न सक्छ मलहम

९५ किमी माइलेज दिने बजाज प्लाटिना : महंगो पेट्रोलको जमानामा बन्न सक्छ मलहम

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको...

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...