कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा विजयी बने अधिकारी

काठमाडौं – शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्डु सिलालम’ मा डिगविजय अधिकारीले बाजी मारेका छन् । विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरे ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङकलाल घिसिङ्ग, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अञ्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाण पत्र प्रदान गरे । पुरस्कार वितरणसँगै राखेप सदस्य सचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोर्ट्स सन्तोषजनक लयमा रहेको बताउँदै आगामी दिनमा राखेपले प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

यस अघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, विवेश शेष्ठ, फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा कार्टिङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।

प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेशन दिएका थिए ।

सम्बन्धित समाचारहरू

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...