कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सो अवसरमा नेसनल रोड सेफ्टी एलायन्स – नेपालका अध्यक्ष योगेश भट्टराई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, पूर्व मुख्य सचिव लिलामणि पौडेल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा विभिन्न विषयहरुमा अन्तरसंवाद गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, नासा फाउन्डेसन नेपालकी संयोजक भगवती सेढाई, खेलकुद अभियन्ता रमेश पौडेल तथा पुस्तकका लेखक गोविन्द भट्टराईले समेत आफ्नो धारणा राखे ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्रमुख प्रो.डा. योगेन्द्र बहादुर गुरुङ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, रोड सेफ्टी विज्ञ डा. सुनिल जोशी, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु सुवर्ण श्रेष्ठ, मनदेव हजारा र सम्पन्न श्रेष्ठ, वैदेशिक रोजगार बोर्डकी सदस्य राधिका कटुवाल तथा पूर्व सांसद शिवजी यादव लगायतको सहभागिता रहेको थियो ।

नासा फाउन्डेसन नेपालद्वारा प्रकाशित उक्त पुस्तक सार्वजनिक कार्यक्रममा सहभागीहरुद्वारा पुस्तकको विविध पक्ष, त्यसले उठाउन खोजेका विषयहरु, नेपालको दिगो विकासको लागि दिइएका सुझावहरु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव माथि विभिन्न कोणबाट छलफल गरिनुका साथै सुझाव समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सांकेतिक रुपमा एफआईएद्वारा मान्यता प्राप्त हेल्मेट डा. सूर्यराज आचार्य, सर्वेन्द्र खनाल, डा. शिवजी यादव, डा. सुनिल जोशी र सामाजिक अभियन्ता खुसी पाठक लगायतलाई वितरण गरिएको थियो ।

सो पुस्तकमा मोबिलिटी, सडक र यातायात, सडक सुरक्षा तथा दिगो शहरी विकासका क्षेत्रहरुमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदिलाई समेटिएको छ । यसमा सुरक्षित, दिगो, व्यवस्थित र सबै नागरिकको पहुँच सहितको मोबिलिटी अधिकार, सार्वजनिक यातायात, सडक सुरक्षा परिषद, इन्टरनेसनल ड्राइभिङ परमिट र स्मार्ट सिटी एवं शहरी व्यवस्थापनका केही अनुभव र सुझाव समेत छन् ।

त्यसैगरी यो पुस्तकमा ड्राइभ टुरिजम र टु ह्विल टुरिङ, मोटर स्पोर्ट्स, साहसिक तथा पर्यटकीय खेलकुद, आधुनिक पर्यटन प्रवद्र्धन तथा दिगो विकास वारेमा समेत रोचक तरिकाले वर्णन गरिएको छ ।

विगत २ दशक देखि सडक सुरक्षा तथा डेढ दशक देखि नेपालको खेलकुद तथा पर्यटन क्षेत्रमा संलग्न सामाजिक अभियन्ता गोविन्द भट्टराईद्वारा विभिन्न समयमा प्रकाशित लेख रचनाहरुको संग्रह ‘कार्ल माक्र्सको कसम’ प्रकाशित गरिएको हो ।

विभिन्न अभियान तथा नीति निर्माणमा समेत सहयोगी हुने उक्त पुस्तक होम डेलिभरीमार्फत उपलब्ध गराइने नासा फाउन्डेसनले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता...

छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकमा ट्राफिक सचेतनामूलक चित्रकला

छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकमा ट्राफिक सचेतनामूलक चित्रकला

सडक सुरक्षा सप्ताहमा दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले पनि साना...

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...