करण चौधरी नाडा अध्यक्षमा निर्वाचित, बने हाल सम्मकै कम उमेरका अध्यक्ष (कार्यसमितिको सूची सहित)

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन् । चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्बिरोध हुँने पक्का भएको थियो।

शुक्रबार सम्पन्न नाडाको ४७औं साधारण सभाबाट चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष भएका छन् । अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन्। सीजी होल्डिङ्स अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयंले नेतृत्व गरेको कम्पनी हो भने उनी गल्फ लुब्रिकेंन्टको वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक पनि हुन्।

कार्यक्रममा बोल्दै चौधरीले भने, ‘सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा छ, हामी सबै मिलेर कसरी यसलाई माथि ल्याउन े? त्यो पहिलो प्राथमिकता हुनेछ। नेपालभरी रहेका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धी व्यवसायीको आवाजलाई अझै सशक्त बनाउदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नेछौ। सानो भन्दा सानो बिषयलाई ठुलो रुपमा अगाडि बढाउने छु।’

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए । नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन्।

सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका थिए भने संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध बनेका थिए।

अन्य केही सदस्यहरु समेत पछि कार्यसमितिले मनोनयन गर्नेछ । कार्यसमितिबाटै आगामी दिनमा पदाधिकारी समेत चयन हुनेछ ।

नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बन्ने छ ।

सम्बन्धित समाचारहरू

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...

नाडा अटो शोमा हुनेछन् यी नयाँ इलेक्ट्रिक कार

नाडा अटो शोमा हुनेछन् यी नयाँ इलेक्ट्रिक कार

आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...