नयाँ इलेक्ट्रिक पिकअप भित्र्याउँदै मेगा मोटर्स, नेपाली बजारमा थपिदै नयाँ प्रतिस्पर्धी

काठमाडौं – मेगा मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक पिकअप भित्र्याउने भएको छ । चाइनिज कम्पनी शानडोङ कामा अटोमोबाइल्स म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित ‘कामा’ ब्रान्डको सो पिकअप उपलब्ध हुने जानकारी मेगा मोटर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

मेगा मोटर्सले सो पिकअपको वारेमा धेरै जानकारी अहिले सार्वजनिक गरेको छैन । एलसीभी ईभी सेगमेन्टमा उपलब्ध सो पिकअप सहरी क्षेत्रमा सामान ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न सकिन्छ । यसमा ७० किलोवाटको मोटर र १९० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको छ । यसले करिव २७० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

कामा एलसीभीको मूल्य सार्वजनिक गरिएको छैन । तर पनि नेपाली बजारको आधारमा यसको मूल्य २५ लाख देखि ३० लाख रुपैयाँको बिचमा पर्ने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध टाटा एस ईभी, फोटोन पिकअप लगायतका मोडलसँग यसको प्रतिस्पर्धा हुनेछ ।

मेगा मोटर्सले सीएचटीसी इलेक्ट्रिक भ्यान समेत नेपालमा ल्याउने घोषणा केही दिन अघि गरेको थियो । यसको पनि सबै तयारी भइरहेको बताइएको छ ।

मेगा मोटर्स मेगा बिजनेस ग्रुप अन्तर्गतको कम्पनी हो । मेगा ग्रुपले पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधनको कारोबार गर्दै आएको छ । यसको सञ्चालक महेश पाल हुन् ।

सम्बन्धित समाचारहरू

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

चीनमा हाइड्रोजन ड्रोनद्वारा ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीनमा हाइड्रोजन ड्रोनद्वारा ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा...

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

काठमाडौं– सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...