कामा ईभी१ को नयाँ भर्सन नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड कामाले आफ्नो लोकप्रिय मिनी पिकअप ‘ईभी१’ को नयाँ भर्सन नेपाल ल्याएको छ । कामाको आधिकारिक वितरक मेगा मोटर्सले परिष्किृत डिजाइन र थप फिचरसहित ईभी१ को नयाँ भर्सन नेपाल ल्याएको हो ।

३३ लाख ९० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको यस नयाँ मिनी पिकअपको बिक्री छिट्टै सुरु हुने कम्पनीले जनाएको छ ।

नयाँ ईभी१ को कार्गो साइज ११ फिट रहेको छ भने यसले २ टनसम्मको भार वहन गर्न सक्दछ । साथै, यस ईभीमा एसी, पावर स्टेरिङ, डिजिटल क्लस्टर, एमपी५ र रियर भ्यू क्यामेरा लगायत अन्य थुप्रै आधुनिक फिचर उपलब्ध गराइएको छ ।

७० किलोवाट क्षमताको मोटर र ३८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको यस ईभीले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । कम्पनीले यसमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टि दिएको छ ।

कामा चीनको सबैभन्दा ठूलो मध्ये एक कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा परिचित छ । चीन सरकारको समेत स्वमित्व रहेकाले यस कम्पनीले उत्पादन गर्ने सवारीसाधनलाई गुणस्तरिय मान्ने गरिन्छ ।

कामाको हाल फ्याक्ट्रि फिटेड कन्टेनर, मिनि पिकअप र १४ सिटर भ्यान नेपाली बजारमा उपलब्ध छन् । यी ईभी बिक्री गर्न कम्पनीले देशका विभिन्न १४ स्थानमा डिलर नेटवर्क विस्तार गरेको छ ।

सम्बन्धित समाचारहरू

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च...

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

काठमाडौं– सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि...

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...