कामा ब्रान्डको ईभी पिकअपको मूल्य २५ लाख ९० हजार, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा भित्रिने कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार रुपैयाँ हुने भएको छ । मेगा मोटर्सले नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको नयाँ इलेक्ट्रिक पिकअपको मूल्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । यसको सही मूल्य अनुमान गर्ने विजेतालाई कम्पनीले पुरस्कृत गर्ने बताएको छ ।

चाइनिज कम्पनी शानडोङ कामा अटोमोबाइल्स म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित ‘कामा’ ब्रान्डको सो पिकअप उपलब्ध हुने जानकारी मेगा मोटर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

एलसीभी ईभी सेगमेन्टमा उपलब्ध सो पिकअप सहरी क्षेत्रमा सामान ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न सकिन्छ । यसमा ७० किलोवाटको मोटर र १९० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको छ । यसले करिव २७० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

ब्याट्रीमा ५ वर्ष वा १ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ । यसको बुकिङ समेत खुला गरिएको छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध टाटा एस ईभी, फोटोन पिकअप लगायतका मोडलसँग यसको प्रतिस्पर्धा हुनेछ ।

मेगा मोटर्सले सीएचटीसी इलेक्ट्रिक भ्यान समेत नेपालमा ल्याउने घोषणा केही दिन अघि गरेको थियो । यसको पनि सबै तयारी भइरहेको बताइएको छ ।

मेगा मोटर्स मेगा बिजनेस ग्रुप अन्तर्गतको कम्पनी हो । मेगा ग्रुपले पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधनको कारोबार गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

टियागो इभीको भारतमा डेलिभरी शुरु, नेपाल आउन समय लाग्ने

टियागो इभीको भारतमा डेलिभरी शुरु, नेपाल आउन समय लाग्ने

टाटा मोटर्सको सस्तो इलेक्ट्रिक ह्याचव्याक टियागोको भारतमा डेलिभरी शुरु...

आजबाट सुरु भयो एमएडब्लु एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता

काठमाडौं – नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

टाटा मोटर्सले बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...