कामा ब्रान्डका ईभीको बिक्री शुरु, कमर्सियल र प्यासेन्जर प्रयोजनका लागि उपयुक्त

काठमाडौं – त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रो बसको बिक्री वितरण सुरु गरेको छ ।

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले चीनको स्याङडोङ कामा अटोमोबाइल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् कम्पनीले इलेक्ट्रिक भेइकल आयात गरी बिक्री वितरण शुरु गरेको हो ।

कामा ब्रान्डका उत्पादनहरु विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पिकअप भ्यानको बिक्री वितरण सुरु गरेको छ । ११ र १४ सिट क्षमताका कामा ईभी. माइक्रोमा क्रमशः ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ । ४२ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीले एक पटकको फुलचार्जमा २८० किमी रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कामाका सबै इलेक्ट्रिक भ्यानहरूमा सीएटीएल ब्याट्री जडित रहेका छन् । कम्पनीले उक्त रेन्जहरू ४० किमी प्रति घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । पार्ट्सको व्यवस्था पनि गरिसकेको जनाएको छ ।

कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरूको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरूसँग अनुरोधसमेत गरेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुमा थापाथलीमा विस्तार भएको छ । प्रोटोन गाडीको...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...