शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटीले ’एक्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रम शनिबार र आइतबार आयोजना गर्ने कम्पनीले जनाएको छ ।

भाद्र २९ गते शनिबार केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई–क्युट ०४ र ई–क्युट ०२ टेष्ट ड्राइभ गर्न सकिने छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ । सहभागीहरु मध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन केही दिन पहिले सम्पन्न नाडा अटो शो २०२४ मा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यु इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।

सम्बन्धित समाचारहरू

दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच छ ? माफ गर्नुहोला, तपाईको पालो आउँदैन

दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच छ ? माफ गर्नुहोला, तपाईको पालो आउँदैन

काठमाडौं – चाडपर्वको छेको पारेर दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच...

यी ७ नयाँ एसयुभीमा हुनेछ एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम(एडिएएस)

यी ७ नयाँ एसयुभीमा हुनेछ एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम(एडिएएस)

भारतीय बजारमा लन्च हुने तयारीमा रहेका ७ नयाँ एसयुभीमा एड्भान्स्ड ड्राइभर...

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्स इलेक्ट्रिक सवारी साधनको निर्माणमा तीव्रता दिन प्रयासरत छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...