केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले केई एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएका छन् । काठमाडौंको थापाथलीस्थित केई शोरुमसँगै हुन्डाईको विपरित दिशामा रहेको शोरुममा आगामी बैशाख २६ देखि २८ गते सम्म उक्त कार्निभल हुनेछ ।

सो अवसरमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ साट्न सकिने छ । ग्राहकले पुराना कुनै पनि ब्रान्डका गाडीको अन–द–स्पट भ्यालुएसनका साथै बेस्ट रिसेल भ्याल्यु पाउने छन् भने आकर्षक नगद छुटका साथै प्रत्येक भ्यालुएसन वापत जोडीका लागि क्युएफएक्स मुभी टिकट समेत प्राप्त गर्नेछन् ।

त्यसैगरी तोकिएका मोडलमा व्यापक बिमा, सडक दस्तुर छुटका साथै एक्सचेन्ज बोनस लगायतका फाइदा लिन सकिने छ ।

प्रत्येक बुकिङ वापत ई–क्युट गाडी बुकिङ गर्ने ग्राहकले बोस जेट कार वासर र एक्स३ प्रो बुकिङ गर्ने ग्राहकले बोस वासिङ मेसिन उपहार पाउने छन् ।

सबै उमेर समूहका व्यक्तिहरुका लागि इभेन्टलाई मनोरञ्जनात्मक बनाउन पारिवारिक मनोरञ्जन, गेम र म्युजिकको व्यवस्था समेत गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...

लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध नयाँ इलेक्ट्रिक गाडी अर्थात ईभी...

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

काठमाडौं – सरकारले १ हजार ५ सय सीसी भन्दा बढी क्षमताका कार, जिप र भ्यानको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...