केई एक्सचेन्ज कार्निभलमा फाइदै फाइदा, एक्स३ प्रो ईभीमा ६ लाख ५ हजार सम्मको लाभ

केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘केई एक्सचेन्ज कार्निभल २०८१’ को घोषणा गरेको छ । आफ्ना इलेक्ट्रिक गाडीहरू ई–क्युट ०२, ई–क्युट ०४, र एक्स३ प्रो ईभीमा अविश्वसनीय अफरहरू सहितको यो मेगा एक्सचेन्ज कार्यक्रम आगामी शुक्रबारदेखी आइतबारसम्म थापाथलीस्थित केई शोरुम छेउ (हुण्डाई शोरुम अगाडि) आयोजना हुँदैछ ।

मेलामा ग्राहकले आफ्नो पुरानो गाडीको तत्काल उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। साथै, हरेक मूल्यांकनमा आकर्षक नगद छुट र दुई जनाका लागि निःशुल्क क्यूएफएक्स मुभी टिकट प्राप्त गर्न सकिनेछ । मेलाको प्रमुख आकर्षका रुपमा एक्स३ प्रो एसयूभी खरिद गर्दा ६ लाख ५ हजारसम्मको लाभ लिन सक्ने बताइएको छ । यस एसयुभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

छनोट गरिएका मोडेलहरूमा बृहत बीमा सुविधा, सडक कर कभरेज र आकर्षक एक्सचेन्ज बोनस जस्ता थप लाभहरू पनि समावेश गरिएको कम्पनीको भनाई छ । साथै, हरेक ई–क्युट गाडीको बुकिङमा ग्राहकले ‘बोश जेट कार वासर’ र एक्स३ प्रो गाडीको बुकिङमा ‘बोश वासिङ मेसिन’ उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कार्निभलमा सबै उमेर समूहका लागि पारिवारिक मनोरञ्जन, खेलकुद, र संगीतको समेत व्यवस्था गरिएको छ, जसले कार्यक्रमलाई थप रमाइलो र उत्सवमय बनाउनेछ ।

एक्सचेन्ज कार्निभल अवधिभर ग्राहकले आफ्नो पुरानो गाडीमा विशेषज्ञमार्फत उत्कृष्ट र अविश्वसनीय मूल्यांकन प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, विशेष एक्सचेन्ज बोनस, नगद छुट र सडक कर तथा बीमाको पूर्ण कभरेज प्रदान गरिरहेको छ ।

नेपालमा केई गाडीको आधिकारिक वितरकका रुपमा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स प्रालि कार्यरत छन् ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधन अब २ मिनेटमै फुल चार्ज हुने,ब्याट्री स्वाप नेटवर्क सुरु

विद्युतीय सवारी साधन अब २ मिनेटमै फुल चार्ज हुने,ब्याट्री स्वाप नेटवर्क सुरु

चीनको ब्याट्री निर्माता कम्पनी सीएटीएलले विद्युतीय सवारी साधनको लागि...

नेपालमा लन्च भयो अर्को दमदार ईभी बीवाईडी सिल, तीन भेरिएन्टमा उपलब्ध

नेपालमा लन्च भयो अर्को दमदार ईभी बीवाईडी सिल, तीन भेरिएन्टमा उपलब्ध

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

कुनै बेला नेपालमै चार पांग्रे सवारी साधन समेत उत्पादन हुन्थ्यो । हुलास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...