ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर

काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए सिरिजको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ज्योति ग्रुपका अध्यक्ष डा. रुप ज्योति र इलेक्ट्रिक वान इनर्जी प्रालिका फाउन्डर तथा सीईओ अमित दासले स्कुटर लन्च गरे ।

यसमा भएको ७२ भोल्टको मोटरले २,४०० वाट रेटेड पावर र अधिकतम ३००० वाट पावर दिन्छ । दुई ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा एउटा ७२ एएच ब्याट्री र अर्को एड्भेन्चर एस ब्याट्री छ । फुल चार्जमा यसले १०० देखि २०० किलोमिटर सम्मको रेन्ज दिन्छ । दैनिक प्रयोग र लामो यात्रा दुवैका लागि यो स्कुटर उपयोगी छ । सामान्यतः स्कुटरमा भएको ब्याट्रीले १२० किलोमिटरको रेन्ज दिन्छ ।

ई१ ए सिरिज स्कुटर स्टाइलिस र आरामदायी छ । यसमा हाई ग्रेड अलोय रिम्स तथा कम्प्याक्ट र भरपर्दो फ्रेम छ । दुवै चक्कामा ट्युबलेस टायर रहेको सो स्कुटरको तौल सन्तुलनका लागि सिटमुनि ब्याट्री रहेको छ । यसलाई इको, ड्राइभिङ र स्पोर्ट्स मोडमा चलाउन सकिन्छ ।

यसमा भएको ड्युअल डिस्क ब्रेकले सुरक्षित तरिकाले रोक्न सहयोग गर्छ । यसको ७२ भोल्ट ४० एएमपी कन्ट्रोलरले प्रभावकारी पावर डेलिभर गर्छ, जसले गर्दा यो इलेक्ट्रिक स्कुटर २२ डिग्रीको उकालोमा पनि सजिलै उक्लिन सक्ने बताइएको छ । यस क्लासको ई–स्कुटरमा यो नयाँ स्ट्यान्डर्ड हो । १५० किलोग्राम सम्मको लोड बोक्न सक्ने भएकाले यसलाई सामान ढुवानीका लागि समेत प्रयोग गर्न सकिन्छ ।

ई१ ए सिरिजको यो स्कुटरमा उपलब्ध हुने ७२ भोल्ट १० एमपीको चार्जरबाट यसलाई ३ देखि ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ । अधिकतम ६५ किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा कुद्न सक्ने यो स्कुटरमा भएको ह्विल लक प्रविधिका साथमा उपलब्ध एन्टी थेफ्ट सिस्टमले चोरी हुनबाट समेत बचाउछ ।

यो स्कुटरमा कम्पनीले १२ महिना वा १० हजार किलोमिटर, ब्याट्रीमा ३६ महिना वा ३५ हजार किलोमिटर र मोटरमा २४ महिना वा २० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी उपलब्ध गराउने बताएको छ ।

यसको मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । काठमाडौंका साथै विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, भैरहवा र बुटवलमा रहेका आधिकारिक शोरुमहरुमा यो स्कुटर टेस्ट राइड गर्न र बुकिङ गर्न सकिन्छ ।

ग्राहकका लागि आवश्यक फाइनान्स र एक्सचेन्ज सुविधा उपलब्ध हुनुका साथै हरेक खरिदमा ६ वटा फ्रि सर्भिसिङ र फ्रि हेल्मेट समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ज्योति ग्रुप अन्तर्गतको एनजीएमले पहिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेकोमा अब त्यही ग्रुप अन्तर्गत स्यामुकापु ट्रेडिङको स्थापना गरेको हो । अब केही समयमै जोनसेन ब्रान्डका मोटरसाइकल समेत ल्याउने तयारी स्यामुकापु ट्रेडिङले गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

सुन्दर यातायातले पेट्रोलबाट चल्ने स्कुटर वा मोटरसाइकललाई मोडिफाई र...

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...