कारमा जस्तै स्कुटरमा पनि हुन्छ ह्यान्ड ब्रेक, के तपाईंलाई केही जानकारी छ ?

स्कुटरको लोकप्रियता दिनानुदिन बढ्दै छ । स्कुटरमा बाइकमा जस्तै बारम्बार गियर परिवर्तन गर्ने झन्झट हुँदैन, त्यसैले स्कुटर चलाउन निकै सजिलो हुन्छ । बाइकमा जस्तै स्कुटरमा पनि धेरै फिचर आउन थालेको छ । आजकल स्कुटर डिस्क ब्रेक, डिजिटल मिटर, ब्लुटुथ, स्मार्टफोन कनेक्टिभिटी जस्ता उन्नत फिचरसहित आउन थालेको छ ।

स्कुटरमा अटोमेटिक गियरबक्सलाई कन्टिन्युसली भेरिएबल ट्रान्समिशन भनिन्छ । स्कुटर गियरलेस हुन्छ । उकालो तथा ओरालोमा स्कुटरलाई बाइकलाई जस्तै गियरमा राखेर पार्क गर्न सकिदैन, जसका कारण यस्ता ठाउँमा स्कुटर पार्किङ गर्न समस्या हुने गरेको छ । तर, यो समस्या समाधान गर्न कम्पनीले स्कुटरमा कारमा मात्र पाइने एउटा फिचर उपलब्ध गराएको छ ।

कम्पनीले स्कुटरमा पनि  ह्यान्डब्रेक प्रदान गरेको हुन्छ । तर धेरैजसो स्कुटर चालकलाई ह्यान्ड ब्रेक कहाँ छ भन्ने थाहा हुँदैन । ह्यान्ड ब्रेक लगाएर ढल्किएको सडकमा पनि सजिलैसँग स्कुटर पार्क गर्न सकिन्छ ।

स्कुटरमा ह्यान्ड ब्रेक स्कुटरको बायाँ ब्रेकसँग जोडिएको हुन्छ ।  यो एउटा सानो मेटल लिभर हो जसलाई माथि उठाउँदा स्कुटरमा ह्यान्ड ब्रेक लगाइन्छ ।

स्कुटरमा ह्यान्ड ब्रेक लगाउनको लागि सबैभन्दा पहिले बायाँ ब्रेक लिभर पूरै थिच्नु पर्छ। यसपछि ब्रेक लिभरको अगाडि दिइएको सानो लिभरलाई आफ्नो एउटा औंलाको सहायताले माथि उठाउनु पर्छ। यो गरिसकेपछि स्कुटरको पछाडिको पाङ्ग्रामा ब्रेक लगाइन्छ। वास्तवमा यो मेकानिजम स्कुटरको पाङ्ग्रा लक गर्न प्रयोग गरिन्छ किनभने त्यसमा म्यानुअल गियर बक्स हुँदैन ।

आजकल धेरै स्कुटरमा ह्यान्ड ब्रेक लिभरको सट्टा क्लिप सिस्टम दिइएको हुन्छ । यसको काम पाङ्ग्रालाई लक गर्नु हो । यसको लागि बायाँ ब्रेक थिचेको दिशामा थिचेर ब्रेक लागु गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२० वर्ष पुराना सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने बाटो खुला, यस्तो आयो अदालतको निर्णय

२० वर्ष पुराना सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने बाटो खुला, यस्तो आयो अदालतको निर्णय

काठमाडौं – २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने...

घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् काठमाडौं नजिकका १० उत्कृष्ट गन्तव्य

घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् काठमाडौं नजिकका १० उत्कृष्ट गन्तव्य

दशैं अब समापनको नजिक पुगेको छ । मान्यजनबाट टिका ग्रहण गरे पश्चात नजिकका...

नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौँ – आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड  दैनिक ४ घण्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...