केही दिन भित्रै अर्को इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी५ अल्ट्रा नेपाल भित्रिदै

नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड जुनयाओ भित्रिने भएको छ । हाल नेपाली बजारमा ब्रम्बी ईभी बिक्री–वितरण गरिरहेको एलआरआर मोटर्सले जुनयाओ अटोको जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा उपलब्ध गराउने जनाएको छ । एलआरआर मोटर्स प्रालि जुनयाओको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ ।

जुनयाओ अटोले हालै जेवाई सिरिजका दुई इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा चिनियाँ बजारमा उपलब्ध गराएको छ । यस मध्ये एलआरआर मोटर्सले जेवाई एयर सी५ अल्ट्रा नेपाली बजारमा भित्र्याउने बताएको छ । केही दिनभित्रै सो गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

रियर ह्विल ड्राइभ र २५० एनएम टर्क भएको यो सिरिजको गाडीले थ्रिल र स्मुद राइडको अनुभूति दिन्छ ।

यस मध्ये जेवाई एयर सी५ लाइटमा ५१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ३५५ किलोमिटरको रेन्ज दिन्छ । जेवाई एयर सी५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ४३० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ । यसलाई डीसी चार्जिङबाट २१ देखि ३० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

जेवाई एयर सी५ अल्ट्रामा एरोडाइनामिक अनुभव प्रदान गर्न ०.२३ ड्र्याग कोफिसियन्ट छ । यसमा एड्जस्टेबल हिटेड सिट, प्यानोरामिक ग्लास रुफ र वायरलेस चार्जिङ सहितको प्रिमियम इन्टेरियर छ ।

यसमा १५.६ इन्चको टचस्क्रिन, वायरलेस कारप्ले तथा एन्ड्रोइड अटो र ३६० डिग्री क्यामेरा सहितको इन्टेलिजेन्ट टेक्नोलोजी छ । सेफ्टीका लागि यसमा एईबी, एलडीडब्लु र आरसीडब्लु एवम् चाइल्ड सेफ्टीका लागि आई–साइज सेफ्टी सिट सहितको सेफ्टी सुइट रहेको छ ।

वातावरणीय सहजतका लागि यसमा रिसाइकल गर्न सकिने सामग्री प्रयोग गरिएको छ । यो गाडीले ११ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । ९९ किलोवाटको मोटर रहेको सो ब्रान्ड केही दिन पहिले थाइल्यान्ड मोटर एक्सपो २०२४ मा सार्वजनिक गरिएको थियो ।

जुनयाओ ग्रुप अन्तर्गत चीनमा एयरलाइन र अन्य धेरै व्यवसाय रहेका छन् । सन् १९९१ मा स्थापित यस ग्रुप अन्तर्गत एभिएसन र अटो लगायतका मुख्य पाँच क्षेत्रको व्यवसाय रहेका छन् । सन् २०२३ मा जुनयाओ अटोको स्थापना भएको थियो । चीनको टप ५०० निजी उद्यममा गनिने यस ग्रुप अन्तर्गत २० हजार भन्दा बढी जनशक्ति कार्यरत छन् ।

सम्बन्धित समाचारहरू

सुदूरपश्चिम प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

सुदूरपश्चिम प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। सुदूरपश्चिम प्रदेशले...

१० महिनामा १५५१ इलेक्ट्रिक गाडी भित्रिए नेपालमा, बैशाखमा ७८ मात्र

१० महिनामा १५५१ इलेक्ट्रिक गाडी भित्रिए नेपालमा, बैशाखमा ७८ मात्र

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ७८ युनिट मात्र इलेक्ट्रिक गाडी...

सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि

सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...