टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
टाटा मोटर्सले भारतको चेन्नई प्लान्टमा जगुआर ल्याण्ड रोभर(जेआरएल)को एसेम्बली सुरुगरेको छ । चेन्नई नजिकैको पानापक्कम प्लान्टमा पहिलो रेन्ज रोभर मोडल इभोकमार्फत टाटाले एसेम्बली सुरु गरेको हो ।
टाटाले आफ्नो नयाँ चेन्नई प्लान्टमा ९० अर्ब भारु लगानी गरेको छ । वार्षिक २ लाख ५० हजार सवारी साधन निर्माण गर्ने गरी डिजाइन गरिएको यस नयाँ प्लान्टले सुरुमा जेआरएल ब्रान्डका सवारी साधन एसेम्बल गर्ने विषयमा ध्यान केन्द्रित गर्नेछ ।
हाल पुणे प्लान्टमा जेआरएल सवारी साधन एसेम्बल गर्दै आएको टाटा मोटर्सले उक्त प्लान्टमार्फत समेत सिकेडीलाई जारी राख्ने देखिएको छ । कम्पनीले पुणेमा एसेम्बली गरिएका मोडलहरु चेन्नईमा सार्ने कि नसार्ने भन्ने बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।
पुणे प्लान्टको क्षमता सिमति भएका कारण भारतमा जेआरएलका सवारीसाधन खरिद गर्न ग्राहकले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहादै आएको थियो । चेन्नई प्लान्ट सञ्चालनमा आएसंगै अव ग्राहकले छिटो भन्दा छिटो जेआरएलका सावारीसाधन हात पार्न सक्ने टाटा मोटर्स प्यासेन्जर भेहिकलका एमडी शैलेश चन्द्रले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...