दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने

अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा कमर्सियल उड्ने ट्याक्सी सञ्चालनमा ल्याउने दावी गरेको छ । कम्पनीले यसका लागि दुबईको ४ स्थानमा यात्री उडान प्रस्थानका लागि भर्टिपोट्र्स निर्माण गर्ने भएको छ । कम्पनीले हालसम्म टिकटको मूल्यको बारेमा खुलासा गरेको छैन ।

कम्पनीका अनुसार फ्लाइङ ट्याक्सीबाट दुबई एयरपोर्ट देखि दुबईको कृत्रिम द्विप र पर्यटक आकर्षण केन्द्र पाम जुमेराहसम्म उडान भर्नका लागि १० मिनेटको समय लाग्ने छ । हाल यसको लागि जमिनबाट ४५ मिनेटको समय लाग्ने गरेको छ । कम्पनीले सन् २०२६ को सुरुवातदेखि एयर ट्याक्सी सेवा सुरु गर्नका लागि दुबईको सडक र परिवहन प्राधिकरणसँग सम्झौता गरेको छ ।

सो एयर ट्याक्सी भीटीओएल एयरक्राफ्ट हो । यसलाई जमिनमा गति बढाउनका सट्टा सिधै हावामा उडाउन सकिन्छ, यसका लागि कुनै रनवे स्पेसको आवश्यकता पर्दैन । ६ वटा इलेक्ट्रिक मोटर जडान गरिएको सो एयर ट्याक्सीमा यात्रा गर्दा यात्रीलाई एयरक्राफ्ट भन्दा पनि कुनै एसयूभीमा यात्रा गरेको अनुभव हुनेछ ।

जोबीले गरेको सम्झौता अनुसार ब्रिटिश डेलिभरी कम्पनी स्काईपोट्र्सले दुबईको एयरपोर्ट, पाम जुमेराह, दुबई मरिना र दुबई डाउनटाउनमा भर्टिपोर्टको निर्माण गर्नेछ । स्मार्टफोन एपबाट पनि यसको लागि टिकट बुक गर्न सकिनेछ ।

दुबईमा जोबीका साथै लन्डनस्थित स्टार्टअप बेलवेदर इन्डस्ट्री पूर्ण इलेक्ट्रिक भीटीओएल प्रोटाटाइपले पनि एयर ट्याक्सीको परीक्षण गरिसकेको छ । साथै जर्मन कम्पनीले पनि यसको परीक्षण गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

चन्द्रमा र मंगल ग्रहमा समेत जानेछ रेल : जापानको यस्तो योजना

चन्द्रमा र मंगल ग्रहमा समेत जानेछ रेल : जापानको यस्तो योजना

जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वीजस्तै बस्न मिल्ने वातावरण बनाउने...

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

काठमाडौं – सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ ।...

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...