मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको सडक कालोपत्र

म्याग्दी - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनीदेखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टीदेखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।

पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

सम्बन्धित समाचारहरू

मुग्लिन–मलेखु सडकमा कालोपत्रको काम तीव्र

मुग्लिन–मलेखु सडकमा कालोपत्रको काम तीव्र

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नति गरी...

दुर्घटनाअघि नै चालकलाई चेतावनी दिने भीटुभी प्रविधि ल्याउँदै भारत

दुर्घटनाअघि नै चालकलाई चेतावनी दिने भीटुभी प्रविधि ल्याउँदै भारत

भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं...

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

काठमाडौँ – दशै सुरू भएसँगै सधैजसो राजधानी बाहिर जान तछाडमछाड गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...