गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
भारतको अटोमोटिभ टायर निर्माता संघ (एटीएमए) को नयाँ अध्यक्षको रुपमा अंशुमान सिंघानिया चयन भएका छन् । हाल जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक समेत रहेका सिंघानियाले बेलायतको अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट स्नातक गरेका छन् भने उनी लन्डन बिजनेस स्कुलका पूर्व विद्यार्थी पनि हुन् ।
जेके टायरमा प्लानिङ, प्रोडक्सन, प्रोडक्ट डेभलपमेन्ट, क्वालिटी कन्ट्रोल, स्टोर एन्ड पर्चेज, फाइनान्सका साथै सेल्स र मार्केटिङमा समेत काम गरेको अनुभव उनीसँग छ । जेके टायरको उत्पादन प्रक्रियाका लागि अत्याधुनिक प्रविधि भित्र्याउनमा समेत उनको भूमिका महत्वपूर्ण छ ।
एटीएमए टायर निर्माताहरुको हकहितको लागि भारतमा सन् १९७५ मा गठन भएको संगठन हो । यसमा जेकेका साथै एपोलो, सिएट, एमआरएफ लगायतका विभिन्न कम्पनीहरुको संलग्नता छ । टायर निर्माणको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सीप विकासका लागि समेत एटीएमएले विभिन्न कार्यहरु गर्ने गरेको छ ।
नेपालमा समेत जेके ब्रान्डका टायर बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा जेकेका ओटीआर टायर डेल्टा डिस्ट्रिब्युटर्सले बिक्री–वितरण गरिरहेको छ ।
जेके टायरद्वारा उत्पादित टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन...
अबको केही वर्षमा गाडीको टायर पन्चरको समस्याबाट छुटकारा पाउन सकिने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...