बजारमा आयो नेपालमै बनेको ट्रयाक्टर टायर
काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन...
काठमाडौं – नेपालमा जेके ओटीआर टायर बिक्रेताहरुले भारतको मैसोरमा अवस्थित टायर प्लान्ट भ्रमण गर्ने भएका छन् । नेपालमा जेके ओटीआर टायर बिक्री–वितरण गरिरहेको डेल्टा डिस्ट्रिब्युटरको संयोजनमा सो भ्रमण हुने भएको हो ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिलर प्रतिनिधि सहितको टोली हिजो प्रस्थान गरेको छ । उनीहरु भ्रमण सम्पन्न गरेर आगामी मंगलबार फर्किने कार्यक्रम छ ।
जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायर देखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर ‘भीईएम ०४५’ सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो ।
जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।
काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन...
अटोमोबाइल इन्डस्ट्रिजको साथै टायर इन्डस्ट्रिजमा पनि क्रान्तिकारी...
स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...