स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी सिएटले ल्यायो नयाँ टायर
भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी...
भारतको प्रतिष्ठित टायर निर्माता कम्पनी जेके टायरले ग्रेटर नोयडामा चलिरहेको बउमा कनएक्सपो २०२३ मा तीन नयाँ अफ–द–रोड टायर (ओटीआर) लन्च गरेको छ । कम्पनीले गरी तीन नयाँ मोडल लन्च गरेको हो ।
सो अवसरमा जेके टायरको नेपाालका लागि आधिकारिक वितरक डेल्टा डिष्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक बिक्रम सिंघानियाको समेत उपस्थिति रहेको थियो ।
यी मध्ये पहिलो मोडलको प्रिमियम हेभी ड्युटी प्रोडक्ट ह्विल लोडर र आर्टिक्युलेटेड डम्परका लागि उपयोग गर्न सकिन्छ भने अन्य दुई मोडल स्किड स्टियर लोडरका लागि उपयोग गर्न सकिन्छ ।
सो अवसरमा जेके टायर एन्ड इन्डष्ट्रिजका अनुज कथुरियाले जेके टायरले पहिले देखि नै सबै भुभागका लागि उपयुक्त टायर उत्पादन गरिरहेको र यी नयाँ उत्पादन समेत क्याटगोरी अनुसार ‘ब्रेकथ्रु प्रोडक्ट’ भएकाले ओटीआर टायर बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने बताए ।

जेके टायरले भारतकै सबैभन्दा ठूलो ठूलो ४०.००–५७ साइजको करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर ‘भीईएम ०४५’ सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो ।
जेके टायरद्वारा उत्पादित विभिन्न मोडलका टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
सो एक्सपो जनवरी ३१ देखि प्रारम्भ भएको छ र आगामी फेब्रुअरी ३ सम्म चल्ने छ ।
भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी...
बाइक, स्कुटर वा कार चलाउने अधिकांश व्यक्तिहरूले प्रायः पछाडिको टायर नै...
फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...