एमएडब्लू अर्थमुभर्सद्वारा नेपालको इँटा उद्योगसँग सहकार्य

काठमाडौं - नेपालमा जेसीबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले नेपाल ईट्टा उद्योग महासंघको १७औं वार्षिक साधारण सभालाई सगर्व प्रायोजन गरेको बताएको छ ।

कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो। जेसीबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो प्रायोजन गरेको हो।

कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ। अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन्। यस एजीएममा सहभागिता मार्फत् जेसीबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ।

कार्यक्रममा जेसीबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर ५३०-११० प्रदर्शन गरेको थियो। यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ, जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ। यसको आधुनिक डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकहरूका लागि उत्कृष्ट समाधान बनाउँछ।

एजीएमले जेसीबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवाहरूसँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो। प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसीबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्न कसरी सहयोग पुर्‍याउँछ भन्ने बारेमा जानकारीहरू बाँड्ने मौका प्राप्त गरेको थियो।

यस सहभागिताले जेसीबी मेसिनहरूको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गर्‍यो। गुणस्तरीय मेसिनरी र भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत जेसीबी नेपालले इँटा उद्योगलाई सशक्त बनाउन पाउँदा गर्व गरेेकाे बताएको छ ।

एमएडब्लू अर्थमुभर्स प्रालि नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ। इँटा उद्योगजस्ता प्रमुख क्षेत्रहरूसँग निकट सहकार्य गर्दै जेसीबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएको छ।

सम्बन्धित समाचारहरू

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा...

उपत्यका फर्कने यात्रुका लागि सावधानीका १० मन्त्र

उपत्यका फर्कने यात्रुका लागि सावधानीका १० मन्त्र

१. यात्राअघिको तयारी, अनिवार्य जिम्मेवारीलामो यात्रामा निस्कनु अघि...

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...