बाढी पश्चातको उद्धारमा साहस देखाउने राउत र अधिकारीलाई जेसीबी इन्डियाको सम्मान

काठमाडौं - नेपालमा हालै आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा राउत र अधिकारीलाई सम्मान गरिएको हो। कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको उद्धार प्रयासको प्रशंसा गरेका थिए।

हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका सचिव र अध्यक्ष रहेका राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्साभेटरसहित अन्य मेसिन प्रयोग गरेर त्रिशूली–३ए आयोजनास्थलमा लगातार धेरै दिन उद्धार कार्य गरेका थिए। उक्त प्रयासबाट त्यहाँ फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको कम्पनीले जनाएको छ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत शेट्टीले विपत्तिका बेला गरिएको उक्त प्रयासलाई नेपालमा आशा जगाउने उदाहरणका रूपमा उल्लेख गर्दै राउत र अधिकारीको साहसको प्रशंसा गरे। उनले ठूलो जोखिम मोलेर उद्धारमा खटिए पनि दुवै जना सरल र विनम्र रहेको बताएका थिए।

यसैबीच, जेसीबीको आधिकारिक नेपाली विक्रेता एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्निर्माणमा प्रयोग भइरहेका जेसीबी मेसिनका लागि विशेष निःशुल्क सेवा शिविर सञ्चालन गरिरहेको जनाएको छ। जेसीबी ‘वाउ सर्भिस’ गाडीमार्फत सञ्चालन भइरहेको उक्त शिविरमा विपद्का बेला खटिएका मेसिनको आवश्यक मर्मत तथा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

जोखिमपूर्ण परिस्थितिमा उद्धार तथा पुनर्निर्माणमा खटिएका मेसिनका चालक तथा अपरेटरलाई कम्पनीले सुरक्षा सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ।

नेपाल बाढीपहिरोपछि पुनःस्थापना तथा पुनर्निर्माणको चरणमा अघि बढिरहेको अवस्थामा ग्राहक र अपरेटरलाई आवश्यक सहयोग जारी राख्ने एमएडब्लू अर्थमुभर्सले जनाएको छ।

एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक विक्रेता हो। कम्पनीका अनुसार २३ वर्षभन्दा बढी समयदेखि नेपालमा सेवा दिँदै आएको एमएडब्लू अर्थमुभर्सका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सेवा इन्जिनियर छन्। कम्पनीले देशभरका १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...