जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब भने सो बाइक नयाँ ब्लु कलरका साथ उपलब्ध हुने भएको छ ।

जावा येज्दी मोटरसाइकल्सले मुम्बईमा आयोजित महिन्द्रा ब्लुज फेस्टिभलमा जावा ३५० ब्लु प्रदर्शन गरेको छ । यसका आधारमा नयाँ आकर्षक कलर स्किम शोरुममा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

न्यु ब्लु शेड जावा ३५० मा यसको नामका साथै अन्य केही परिवर्तन गरिएको छ । हाल जावा ३५० मरुन, ब्ल्याक र मिस्टक ओरेन्ज गरी तीन कलर अप्सनमा उपलब्ध छ । नयाँ निलो कलरले ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

निलो कलर फ्युल ट्यांकनिर ट्रिपल–टोन फिनिसका साथ उपलब्ध छ भने किनारातिर क्रोम डिटेलिङ र सेन्टरमा एक ब्लु फिनिस छ । फ्युल ट्यांक र साइड प्यानलमा गोल्डन पिनस्ट्रिप रेट्रो स्टाइल छ ।

नयाँ जावा ३५० मा लामो ह्विलबेस, १७८ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा गरिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन २९३ सीसीको सट्टा ३३४ सीसीको लिक्विड–कुल्ड, सिंगल सिलिन्डर इन्जिन हो । सो इन्जिन पुरानो इन्जिनको तुलनामा २१.८ बीएचपी कम छ, यद्यपि पिक टर्क २८.२ एनएम सम्म बढेको छ । अब सो बाइक स्लिप एन्ड असिस्ट क्लच, ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएसका साथ उपलब्ध हुनेछ ।

भारतमा जावा ३५० को मूल्य २ लाख १४ हजार भारु छ । नयाँ ब्लु कलरको मूल्य केही बढी हुन्छ कि भन्ने अनुमान छ । सो बाइकको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५०, होन्डा सीबी ३५०, हार्ले डेभिडसन एक्स४४० र बेनेली इम्पेरियल जस्ता बाइकसँग हुनेछ ।

नेपाली बजारमा अग्नि मोटोइंकले जावाका बाइक बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा जावा ३५० हाल बिक्रीका लागि उपलब्ध छैन । जावा ४२ उपलब्ध छ भने येज्दीका तीन मोडल उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो : २०,८०० मासिक किस्तामा उपलब्ध

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो : २०,८०० मासिक किस्तामा उपलब्ध

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो सरल किस्ताबन्दिमा खरिद...

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

काठमाडौं – नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा भएको छ ।...

५ ढोका भएको महिन्द्रा थार एसयूभी अगस्ट १५ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

५ ढोका भएको महिन्द्रा थार एसयूभी अगस्ट १५ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...