जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब भने सो बाइक नयाँ ब्लु कलरका साथ उपलब्ध हुने भएको छ ।

जावा येज्दी मोटरसाइकल्सले मुम्बईमा आयोजित महिन्द्रा ब्लुज फेस्टिभलमा जावा ३५० ब्लु प्रदर्शन गरेको छ । यसका आधारमा नयाँ आकर्षक कलर स्किम शोरुममा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

न्यु ब्लु शेड जावा ३५० मा यसको नामका साथै अन्य केही परिवर्तन गरिएको छ । हाल जावा ३५० मरुन, ब्ल्याक र मिस्टक ओरेन्ज गरी तीन कलर अप्सनमा उपलब्ध छ । नयाँ निलो कलरले ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

निलो कलर फ्युल ट्यांकनिर ट्रिपल–टोन फिनिसका साथ उपलब्ध छ भने किनारातिर क्रोम डिटेलिङ र सेन्टरमा एक ब्लु फिनिस छ । फ्युल ट्यांक र साइड प्यानलमा गोल्डन पिनस्ट्रिप रेट्रो स्टाइल छ ।

नयाँ जावा ३५० मा लामो ह्विलबेस, १७८ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा गरिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन २९३ सीसीको सट्टा ३३४ सीसीको लिक्विड–कुल्ड, सिंगल सिलिन्डर इन्जिन हो । सो इन्जिन पुरानो इन्जिनको तुलनामा २१.८ बीएचपी कम छ, यद्यपि पिक टर्क २८.२ एनएम सम्म बढेको छ । अब सो बाइक स्लिप एन्ड असिस्ट क्लच, ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएसका साथ उपलब्ध हुनेछ ।

भारतमा जावा ३५० को मूल्य २ लाख १४ हजार भारु छ । नयाँ ब्लु कलरको मूल्य केही बढी हुन्छ कि भन्ने अनुमान छ । सो बाइकको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५०, होन्डा सीबी ३५०, हार्ले डेभिडसन एक्स४४० र बेनेली इम्पेरियल जस्ता बाइकसँग हुनेछ ।

नेपाली बजारमा अग्नि मोटोइंकले जावाका बाइक बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा जावा ३५० हाल बिक्रीका लागि उपलब्ध छैन । जावा ४२ उपलब्ध छ भने येज्दीका तीन मोडल उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बीई६ र एक्सईभी ९ई युरोप निर्यात हुने तयारीमा

महिन्द्रा बीई६ र एक्सईभी ९ई युरोप निर्यात हुने तयारीमा

महिन्द्राले आफ्नो दुई नयाँ ईभीलाई बेलायत र युरोपेली बजारमा निर्यात गर्ने...

५ ढोका भएको महिन्द्रा थार एसयूभी अगस्ट १५ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

५ ढोका भएको महिन्द्रा थार एसयूभी अगस्ट १५ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका...

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...