महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को प्राविधिक विवरण सार्वजनिक गरेको छ । नयाँ ईभीहरू आजको ४ दिनपछि अर्थात नोभेम्बर २६ मा आधिकारिक रूपमा सार्बजनिक हुने जनाइएको छ ।

यी दुबै ईभीलाई महिन्द्राले आफ्नो ब्रान्डको मोड्युलर इङ्ग्लो प्लेटफर्ममा तयार पार्न लागेको हो । ‘बोर्न इलेक्ट्रिक’ आर्किटेक्चरमा तयार पारिने यी ईभी हलुका तौलको हुनेछ । अल्ट्रा–हाई–स्ट्रेंथ बोरन स्टिल प्रयोग गरिएका कारण दुबै मोडेलमा राम्रो स्थिरताका लागि गुरुत्वाकर्षणको कम केन्द्र हुने जनाइएको छ ।

दुबै ईभी २२८ बीएचपीदेखि २८२ बीएचपी सम्मको आउटपुटमा रियर–माउन्टेड इलेक्ट्रिक मोटरका साथ उपलब्ध हुनेछ । ५९ र ७९ किलोवाट आवरको ब्याट्री प्याक विकल्पमा आउने यी दुबै ईभीले १७५ किलोवाट क्षमतको फास्ट चार्जर सपोर्ट गर्दछ । उक्त चार्जरले २० मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

बिई ६ई डुअल–मोटर कन्फिगरेसनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यसको रेन्ज र अनुमानित मुल्यका बारेमा कुनै जानकारी वाहिर ल्याएको छैन ।

सम्बन्धित समाचारहरू

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता...

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...

यस्तो हुनेछ महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियर

यस्तो हुनेछ महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियर

महिन्द्रा एक्सयुभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियरमा उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...