स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को प्राविधिक विवरण सार्वजनिक गरेको छ । नयाँ ईभीहरू आजको ४ दिनपछि अर्थात नोभेम्बर २६ मा आधिकारिक रूपमा सार्बजनिक हुने जनाइएको छ ।
यी दुबै ईभीलाई महिन्द्राले आफ्नो ब्रान्डको मोड्युलर इङ्ग्लो प्लेटफर्ममा तयार पार्न लागेको हो । ‘बोर्न इलेक्ट्रिक’ आर्किटेक्चरमा तयार पारिने यी ईभी हलुका तौलको हुनेछ । अल्ट्रा–हाई–स्ट्रेंथ बोरन स्टिल प्रयोग गरिएका कारण दुबै मोडेलमा राम्रो स्थिरताका लागि गुरुत्वाकर्षणको कम केन्द्र हुने जनाइएको छ ।
दुबै ईभी २२८ बीएचपीदेखि २८२ बीएचपी सम्मको आउटपुटमा रियर–माउन्टेड इलेक्ट्रिक मोटरका साथ उपलब्ध हुनेछ । ५९ र ७९ किलोवाट आवरको ब्याट्री प्याक विकल्पमा आउने यी दुबै ईभीले १७५ किलोवाट क्षमतको फास्ट चार्जर सपोर्ट गर्दछ । उक्त चार्जरले २० मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
बिई ६ई डुअल–मोटर कन्फिगरेसनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यसको रेन्ज र अनुमानित मुल्यका बारेमा कुनै जानकारी वाहिर ल्याएको छैन ।
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी...
काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...