५ ढोका भएको महिन्द्रा थार एसयूभी अगस्ट १५ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका लागि महत्वपूर्ण बजार बनेको दक्षिण अफ्रिकाको एक कार्यक्रममा सो एसयूभी अगस्ट १५, २०२३ मा लन्च हुने भएको छ । हालसम्म थार ५ डोरको जति पनि परीक्षण भए यी सबै पूर्ण रूपमा कभर गरिएका थिए ।

भारतमा सो एसयूभी २०२४ मा लन्च गरिने छ । सो एसयूभी मुख्यतया बडी बिल्ड र स्टाइलिस जीवनशैली मनपराउने ग्राहकहरुलाई लक्षित रहेको कम्पनीले जानकारी दिएको छ । सो एसयूभी ३ डोर थार जस्तै हुनेछ ।

नयाँ महिन्द्रा थारमा थप क्याबिन स्पेसको लागि ३०० एमएमको लामो ह्विलबेस हुने अपेक्षा गरिएको छ । सो एसयूभीमा सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, फ्रन्ट सेन्टर आर्मरेस्ट र अपडेटेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर हुनेछ । ५ डोर एसयूभी गुणस्तर, फिट र फिनिसमा ३ डोर थार भन्दा राम्रो हुने अनुमान गरिएको छ ।

५ डोर थारको लम्बाई ३९८५ एमएम, चौडाइ १८२० एमएम र उचाइ १८४४ एमएम हुनेछ । यो जिम्नी भन्दा ठूलो हुनेछ । सो एसयूभीमा ३ डोर थारमा जस्तै २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिन हुनेछ ।

५ डोर महिन्द्रा थारको प्रतिस्पर्धा हालै लन्च गरिएको मारुती सुजुकी जिम्नीसँग हुनेछ । यद्यपि, यो बढी पावरफुल इन्जिन र ठूलो साइज भएको हायर सेगमेन्टको एसयूभी हो । यसको मूल्य जिम्नी भन्दा बढी हुने सम्भावना छ । जिम्नी हाल १२ लाख ७४ हजार देखि १५ लाख ५ हजार भारु मूल्यमा उपलब्ध छ ।

नेपालमा भने पहिले नै लन्च भइसकेको ३ डोर थार समेत उपलब्ध हुन सकेको छैन । भारतमै यसको अत्यधिक माग भएको कारण र बजार सम्भाव्यताका आधारमा पनि यो नेपाली बजारमा उपलब्ध नभएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्राले थार रक्सको विशेष संस्करण लन्च गरेको छ । स्टार एडिसनको नामले...

महिन्द्राले चाँडै नै एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने, परीक्षण क्रममा देखियो

महिन्द्राले चाँडै नै एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने, परीक्षण क्रममा देखियो

महिन्द्राले भारतीय बजारमा महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने...

१८ र १९ गते अग्नी आश्थाको एक्सचेन्ज र फ्रि सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

१८ र १९ गते अग्नी आश्थाको एक्सचेन्ज र फ्रि सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

महिन्द्राको रिकन्डिसन गाडी कारोबावर गर्ने आधिकारिक कम्पनी अग्नी आश्थाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...