महिन्द्रा बोलेरो, स्कोर्पियो वा अन्य कुन गाडी किन्ने ? यस्तो छ नयाँ मूल्य सूची
काठमाडौं – नेपाली बजारमा उपलब्ध महिन्द्राका विभिन्न मोडलका गाडीको नयाँ...
महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका लागि महत्वपूर्ण बजार बनेको दक्षिण अफ्रिकाको एक कार्यक्रममा सो एसयूभी अगस्ट १५, २०२३ मा लन्च हुने भएको छ । हालसम्म थार ५ डोरको जति पनि परीक्षण भए यी सबै पूर्ण रूपमा कभर गरिएका थिए ।
भारतमा सो एसयूभी २०२४ मा लन्च गरिने छ । सो एसयूभी मुख्यतया बडी बिल्ड र स्टाइलिस जीवनशैली मनपराउने ग्राहकहरुलाई लक्षित रहेको कम्पनीले जानकारी दिएको छ । सो एसयूभी ३ डोर थार जस्तै हुनेछ ।
नयाँ महिन्द्रा थारमा थप क्याबिन स्पेसको लागि ३०० एमएमको लामो ह्विलबेस हुने अपेक्षा गरिएको छ । सो एसयूभीमा सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, फ्रन्ट सेन्टर आर्मरेस्ट र अपडेटेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर हुनेछ । ५ डोर एसयूभी गुणस्तर, फिट र फिनिसमा ३ डोर थार भन्दा राम्रो हुने अनुमान गरिएको छ ।
५ डोर थारको लम्बाई ३९८५ एमएम, चौडाइ १८२० एमएम र उचाइ १८४४ एमएम हुनेछ । यो जिम्नी भन्दा ठूलो हुनेछ । सो एसयूभीमा ३ डोर थारमा जस्तै २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिन हुनेछ ।
५ डोर महिन्द्रा थारको प्रतिस्पर्धा हालै लन्च गरिएको मारुती सुजुकी जिम्नीसँग हुनेछ । यद्यपि, यो बढी पावरफुल इन्जिन र ठूलो साइज भएको हायर सेगमेन्टको एसयूभी हो । यसको मूल्य जिम्नी भन्दा बढी हुने सम्भावना छ । जिम्नी हाल १२ लाख ७४ हजार देखि १५ लाख ५ हजार भारु मूल्यमा उपलब्ध छ ।
नेपालमा भने पहिले नै लन्च भइसकेको ३ डोर थार समेत उपलब्ध हुन सकेको छैन । भारतमै यसको अत्यधिक माग भएको कारण र बजार सम्भाव्यताका आधारमा पनि यो नेपाली बजारमा उपलब्ध नभएको अनुमान गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध महिन्द्राका विभिन्न मोडलका गाडीको नयाँ...
रङहरुको पर्व होली आइपुगेको छ । मानिसहरूले यो विशेष अवसरलाई आफ्नै तरिकाले...
काठमाडौं– अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...