नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य बाइकको तुलनामा लामो, फराकिलो टायर र लामो ह्विलबेस छ । जावा ३५० नयाँ च्यासिसका र नयाँ इन्जिनसहित लन्च गरेको हो ।
जावा ३५० बाइक यो सेगमेन्टमा सबैभन्दा उच्च ग्राउन्ड क्लियरेन्स १७८ एमएम छ । यसमा नयाँ मिस्टिक ओरेन्ज कलर र क्लास ड्युअल च्यानल एबीएसमा कन्टिनेन्टल रेटेड बेस समावेश गरेको छ । बाइकको सिल्हूट पुरानो मोडलसँग मिल्दोजुल्दो छ ।
नयाँ जावा येज्दीमा ३३४ सीसी लिक्विड कूल्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले २८.२ एनएम टर्क र २२.५ पीएस पावर जेनेरेट गर्छ । सो बाइक सहर र हाइवेका लागि उपयुक्त छ । यसमा असिस्ट र स्लिप क्लच पनि छ ।
सो बाइकमा उत्कृष्ट ह्याण्डलिङ र ब्रेकिङका साथै सेफ्टी फिचर पनि भएको कम्पनीको दाबी छ । यसमा टप टियर ब्रेकिङ सिस्टम, २८० एमएम फ्रन्ट र २४० एमएम रियर डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क र ड्युअल रियर शक्सलगायतका फिचर समावेश गरेको छ ।
सो बाइकले ३५० सेगमेन्टमा सबैभन्दा बढी बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५०, होन्डा सीबी ३५० र ट्रायम्फ स्पिड ४०० लगायतका अन्य लोकप्रिय बाइक प्रतिस्पर्धा हुनेछ ।
नेपाली बजारमा पनि जावा बाइक बिक्रीका लागि अग्नि मोटोइंकले उपलब्ध गराइरहेको छ । यसले विशेष गरी रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नेछ । हाल लन्च गरिएको मोडलको मूल्य क्लासिक ३५० भन्दा कम छ । हाल लन्च गरिएको मोडलको मूल्य क्लासिक ३५० भन्दा कम छ । जावा ३५० को मूल्य २ लाख १५ हजार र क्लासिक ३५० को मूल्य २ लाख २५ हजार भारु छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ । रोयल...
काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...