कलर भेरिएन्ट अनुसार अलोय ह्विल भएको जावा ३५० अपडेट, घट्यो मूल्य

जावा मोटरसाइकलले भारतीय बजारमा आफ्नो क्लासिक बाइक जावा ३५० अपडेट गरेको छ । कम्पनीले सो बाइकको मूल्य १६ हजार भारु घटाएको छ । अब सो बाइकको मूल्य १ लाख ९९ हजार भारु भएको छ ।

कम्पनीले जावा ३५० क्लासिकमा केही कस्मेटिक अपडेट पनि गरेको छ । अब यो बाइक सात रङमा उपलब्ध हुनेछ र सबै कलर भेरिएन्टमा वैकल्पिक अलोय ह्विल दिइएको छ । यसबाहेक जावा ३५० क्लासिकमा कुनै ठुलो परिवर्तन गरिएको छैन ।

नयाँ जावा ३५० मा पहिले जस्तै ३३४ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ७००० आरपीएममा २२ बीएचपीको पावर र ५००० आरपीएममा २८ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ इन्जिनले जावा ३५० को पीक टर्क १ एनएमले बढाएको छ तर पावर पहिलेको २९३ सीसी इन्जिनको तुलनामा ४.८ बीएचपीले घटेको छ ।

यसको इन्जिन ६ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ । सो बाइकले १३५ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा चल्न सक्ने र एक लिटर पेट्रोलमा १८ देखि २२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । ब्रेकिङको लागि नयाँ जावा ३५० मा एन्टी लक ब्रेकिङ सिस्टमसहितको दुवै पाङ्ग्रामा डिस्क ब्रेक लगाइएको छ ।

नयाँ जावा ३५० नयाँ डबल कार्डल फ्रेममा विकसित गरिएको छ र बाइक समग्र रेट्रो डिजाइनमा देखिन्छ। यो हालको मोडेल भन्दा धेरै फरक देखिन्छ। यसमा १३.५ लिटर मस्कुलर फ्युल ट्याङ्की, फ्ल्याट सिट, राउण्ड हेडलाइट, ८ इन्चको पाङ्ग्रा र सबै एलईडी लाइटिङ जस्ता सुविधा उपलब्ध छ ।

यसको सिट उचाइ ७९० एमएम छ, ग्राउन्ड क्लियरेन्स १७८ एमएम र बाइकको तौल १९२ किलोग्राम रहेको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि समावेश छ।

नयाँ जावा ३५० ले क्लासिक सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने बाइक रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

जावा येज्दी मोटरसाइकलले नयाँ जावा ४२ एफजे भारतीय बजारमा लन्च गरेको छ । यसमा...

आयो २०२४ जावा ४२

आयो २०२४ जावा ४२

जावाले आफ्नो पुरानो मोडल जावा ४२ को अपडेट भर्सन भारतीय बजारमा प्रस्तुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...