जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता जोगाउन देशभित्रका निर्माता कम्पनीहरूबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। चीनसँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा यसलाई अस्तित्वको लडाईका रूपमा हेरिएको छ।

जापनिज अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) का अध्यक्ष काजी साटोले हालै एक पत्रकार सम्मेलनमा वर्तमान परिस्थितिमा जापानले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता कायम राख्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न उठेको बताए। उनी यसै महिनाको अन्त्यमा टोयोटा मोटर कर्पोरेसनको सीईओ पद छोड्दै चिफ इन्डस्ट्री अफिसरको नयाँ भूमिकामा जाने तयारीमा छन्।

पछिल्लो पाँच वर्षमा चिनियाँ अटो निर्माता कम्पनीहरूले घरेलु बजारमा बलियो उपस्थितिसँगै अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाउँदै जापानलाई विश्व बजार हिस्सामा उछिनेका छन्। यसले जापानी उद्योगमाथि थप दबाब सिर्जना गरेको छ।

त्यसैगरी, जामाका उपाध्यक्ष एवम् होन्डा मोटरका अध्यक्ष तथा सीईओ तोसिहिरो मिबेल विश्वव्यापी प्रतिस्पर्धा दिनानुदिन कडा बन्दै गएको र जापानी अटो उद्योगको प्रतिस्पर्धात्मकता नै जोखिममा परेको बताएका छन्। उनका अनुसार, सहकार्य सम्भव भएका क्षेत्रहरूमा तत्काल कदम चाल्नु अत्यन्त आवश्यक छ।

होन्डाले चालु आर्थिक वर्ष -मार्च अन्त्य) मा सन् १९५७ यताकै पहिलो पटक खुद घाटा व्यहोर्ने अनुमान गरिएको छ, जसको मुख्य कारण ईभी रणनीतिमा गरिएको पुनर्संरचना हो।

सात प्राथमिक चुनौती पहिचान

सातोले उद्योगका लागि सात प्रमुख प्राथमिक चुनौतीहरू पहिचान गरिसकेका छन्। तीमध्ये महत्वपूर्ण क्षेत्रहरूमा महत्वपूर्ण कच्चा पदार्थ तथा कम्पोनेन्टको आपूर्ति सुनिश्चित गर्नु, सप्लाई चेनको प्रतिस्पर्धात्मकता सुदृढ गर्नु र स्वचालित ड्राइभिङ प्रविधिको विकास अगाडि बढाउनु समावेश छन्। उनले सरकार तथा अन्य उद्योगसँग सहकार्यको महत्वमा पनि जोड दिएका छन्।

उनका अनुसार, व्यक्तिगत कम्पनीहरूबीचको प्रतिस्पर्धामा मात्रै आधारित औद्योगिक विकासको सीमा छ। अब सम्पूर्ण उद्योगले मिलेर काम गर्ने क्षेत्रहरू सक्रिय रूपमा तय गर्नुपर्छ।

मल्टि–पाथवे रणनीतिमा जोड

कार्बन न्यूट्रालिटी हासिल गर्न विभिन्न विकल्पहरू - जस्तै ब्याट्री इलेक्ट्रिक सवारी (बीईभी), इन्टरनल कम्बसन इन्जिन (आईसीई) तथा अन्य प्रविधिलाई सँगै अघि बढाउने (मल्टि–पाथवे) रणनीति नै जापानको सफलताको आधार हुने सातोले बताएका छन्।

उनले डिकार्बोनाइजेसन, भू–राजनीतिक जोखिमको वृद्धि, ऊर्जा तथा स्रोतको अभावजस्ता चुनौतीहरू एकल कम्पनीले समाधान गर्न नसक्ने र ती अत्यन्तै ठूलो परिमाणका रहेको उल्लेख गरे।

कामदार अभावको चुनौती

यससँगै जापानको अटो उद्योगले निकट भविष्यमा गम्भीर श्रमिक अभावको समस्या पनि सामना गर्नुपर्ने देखिएको छ। २०३० दशकमा कार्यबल करिब २० प्रतिशतले घट्ने अनुमान गरिएको छ।

यस सन्दर्भमा सातोले उत्पादन क्षमता कायम राख्न उत्पादकत्व कम्तीमा २० प्रतिशतले बढाउनुपर्ने आवश्यकता औंल्याए। यदि हामीले उत्पादकत्व बढाउन सकेनौं भने हालको स्थिति जोगाउन सकिँदैन - उनले भने। उत्पादन क्षमता अभिवृद्धिका लागि दक्ष जनशक्ति व्यवस्थापनसँगै एआई र रोबोटिक्सको प्रयोगलाई तीव्र बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

समग्रमा, जापानको अटो उद्योग अहिले संरचनात्मक रूपमै परिवर्तनको मोडमा रहेको छ, जहाँ प्रतिस्पर्धा मात्र होइन, सहकार्य पनि भविष्य निर्धारण गर्ने प्रमुख तत्व बन्ने देखिएको छ।

सम्बन्धित समाचारहरू

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना...

दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौं – नेपाली ईभीप्रेमीहरुका लागि प्रिमियम ईभीको पहुँचलाई अझ धेरै...

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...