जनकपुरधाम-जयनगर रेल सञ्चालन आजदेखि

जनकपुरधाम-जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ।भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो।ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने महाप्रबन्धक झाले जनाए।

अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ। नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ।

कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ। यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो। रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए।

अब महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो ।

सम्बन्धित समाचारहरू

जीडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा एकै पटक बढायो ६२.५९ प्रतिशत बिक्री

जीडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा एकै पटक बढायो ६२.५९ प्रतिशत बिक्री

ग्रेटवाल मोटर (जीडब्लुएम) ले जुन २०२४ को सेल्स डाटा सार्वजनिक गरेको छ । यस...

इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा, सलिको र इनड्राइभबीच सम्झौता

इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा, सलिको र इनड्राइभबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच...

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

काठमाडौं – बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...