बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जनकपुर–जयनगर रेलमार्गमा कात्तिकबाट सञ्चालनमा आउने भनिएको रेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । गत असोजमा भारतबाट ल्याइएको २ वटा रेलको परीक्षण भए तापनि हालसम्म रेल सञ्चालनमा आउन नसकेको हो ।
यो रेलमार्गमा रेल चलाउनका लागि पटक–पटक मिति सारिसकिएको छ । तर, रेल चलाउने सुरसार भने अझै छैन । रेल सञ्चालन गर्ने भनेर नेपाल रेलवे कम्पनी लिमिटेडले तीनपटकसम्म रेल चलाउने मिति सारेको हो ।
नेपालमा भारतबाट रेल आएसँगै कात्तिकबाट रेल सञ्चालन गर्ने भनिएको थियो तर कम्पनीले भने अब माघ अन्तिमबाटमात्र रेल चलाउने नयाँ मिति तोकेको छ । कम्पनीले यो मिति तस्रो पटक सारेको हो । यसअघि पुसबाट रेल चलाउने भनिएको थियो ।
४ महिनाअघि आएको रेलको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भनिएको छ । तर, प्रधानमन्त्रीहरुको समय नमिलेका कारण कहिले उद्घाटन हुन्छ भन्ने निश्चित नभएको कम्पनीले जनाएको छ ।
माघ अन्तिमबाट रेल सञ्चालन गर्ने तयारी भएतापनि कम्पनीले अहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । कम्पनीले गत भदौमा २९ पदका लागि १ सय २९ जना कर्मचारीका लागि विज्ञापन गरेको थियो । तर, त्यसको प्रक्रिया अघि बढेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...