१८५ थान मोटरसाइकल लिलाम गर्दै जनकपुर भन्सार, मूल्य १२ हजार देखि माथि

जनकपुर भन्सार कार्यालयले १८५ थान मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने भएको छ । विभिन्न समयमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका १८५ थान मोटरसाइकल लिलामी गर्न लागेको भन्सार कार्यालयको भनाइ छ ।

एक सूचना प्रकाशित गर्दै कार्यालयले हाल प्रयोग गर्न सकिने खालका ६१ वटा र पुनः प्रयोग गर्न नमिल्ने (स्क्र्याप गर्नुपर्ने) १२४ थान गरी कुल १८५ थान मोटरसाइकल लिलामीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंक, जनकपुरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा गर्नुपर्नेछ ।

भन्सारले प्रयोग गर्न मिल्ने मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम साढे १२ हजारदेखि ९० हजार रुपैयाँसम्म तोकेको छ । स्क्र्याप गर्नुपर्ने १२४ थानको एकमुष्ट ७ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

यस सम्बन्धी भन्सार कार्यालयले प्रकाशित गरेको सूचना यस प्रकार छ :

सम्बन्धित समाचारहरू

अनावश्यक स्वरूप परिवर्तन र ठूलो आवाज: युवाको स्टाइल कि जीवनको जोखिम ?

अनावश्यक स्वरूप परिवर्तन र ठूलो आवाज: युवाको स्टाइल कि जीवनको जोखिम ?

आजका युवामाझ सवारी साधनलाई “आफ्नो पहिचान” बनाउने नाममा अनावश्यक रूपमा...

काठमाडौंमा सिएफ मोटोको विशेष ट्रेनिङ सम्पन्न, दक्ष टेक्निसियन उत्पादनमा जोड

काठमाडौंमा सिएफ मोटोको विशेष ट्रेनिङ सम्पन्न, दक्ष टेक्निसियन उत्पादनमा जोड

काठमाडौं– सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष ट्रेनिङ सम्पन्न...

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...