इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ । सोही ब्राण्ड अन्तर्गको अर्को ईभी ब्रान्ड ओमोडा बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सले जेको जे६ मोडल नेपाल ल्याउने तयारी गरेको हो । हालै सम्पन्न बेइजिङ मोटर शोमा यसको ग्लोवल डेब्यु गरिएको थियो ।

आगामी नाडा अटो शो–२०२४ मा जेको जे६ नेपाल आउने र लगत्तै बुकिङ खुल्ला गरिने कम्पनी स्रोतले बताएको छ । चीनमा आईकार–३ नामले चिनिने यो एसयूभीलाई चेरीले जेको ब्याज राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न लागेको हो । यसको राईट ह्यान्ड ड्राइभ भर्सनलाई चेरीले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा नेपालमार्फत बिक्री सुरु गर्न लागेको हो ।

विश्व प्रख्यात विलाशी ब्राण्ड ल्याण्ड रोभरको डिजाइन क्यूमा आधारित जे६ एक प्रिमियम अफरोड एसयूभी हुने जनाइएको छ । यसको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७११ एमएम तथा ह्विलवेस २७१५ एमएम छ । यो अफरोड एसयूभी निकै वक्सी र फ्युचरिस्टिक रहेको छ ।

रियर ह्विल र अल ह्विल ड्राइभ दुबै भर्सनमा उपलब्ध हुने यसको अल ह्विल ड्राइभ भर्सनले २७९ एचपी पावर दिने जनाइएको छ । यो नयाँ एसयूभीमा ६९.८ किलोवाट आवर क्षमतको एलएफपी ब्याट्री जडान गरिनेछ । जसले सिंगल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

फुल्ली अटोनोमस ट्रक तर्फको यात्रा चुनौतीपूर्ण भए पनि यो अब प्राप्त गर्न...

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...