लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ सम्मको यात्रा तय गरेको छ । अफरोडयुक्त सडक पार गर्दै ३ हजार ८४० मिटरको उचाईमा रहेको लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअपका रुपमा यसले पहिचान कायम गरेको आधिकारिक वितरक दिगो ग्रुपले दावी गरेको छ ।

कठिन भौगोलिक वनावटका कारण कतिपय कम्वस्चन इन्जिनयुक्त गाडीलाई समेत लोमान्थाङ सम्मको यात्रा तय गर्न हम्मेहम्मे पर्दै आइरहेकोमा इलेक्ट्रिक पिकअप जेएसी टी८ ले सहजै सो स्थानसम्मको यात्रा पुरा गरेको हो । लोमान्थाङ पुगेसंगै यो इलेक्ट्रिक पिकअपलाई नेपालको जुनसुकै स्थानमा सहजै चलाउन सकिने प्रमाणित गरेको कम्पनी स्रोतको भनाई छ ।

यस्तो छ यो इलेक्ट्रिक पिकअप
जेएसी टी८ मा ६७.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर जडान गरिएको छ । यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङमार्फत २ घण्टामा र एसी चार्जिङमार्फत साढे १६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसको रेन्ज ३ सय किलोमिटर रहेको दावी गरिएको छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र ब्रेक ओभरराइड सिस्टम जस्ता फिचर उपलब्ध यो पिकअपमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने ७ मिटरको टर्निङ रेडियस छ ।

९० किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको यो पिकअपमा इलेक्ट्रो हाइड्रोलिक पावर स्टेयरिङ छ । यसमा हेडरेस्ट सहितका सिट छन् । डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रिभर्स क्यामेरा सहितको इन्फोटेनमेन्ट सिस्टम, सेन्ट्रल डोर लकिङ, डायमन्ड कट ड्युअल टोन अलोय ह्विल, ओआरभीएम सहित साइड इन्डिकेटर, एबीएस, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, हेडल्याम्प लेभलिङ आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...

दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...

जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स

जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स

काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...