विद्युतीय गाडीको इतिहास : १९ औँ शताब्दीको प्रविधिबाट आधुनिक क्रान्तिसम्म
आज विश्वभर विद्युतीय सवारी साधन (ईभी को प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...
आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा सार्वजनिक गर्ने तयारी भएको इसुजु डी–म्याक्स पिकअपको इलेक्ट्रिक कन्सेप्ट भर्सन थाइल्यान्डमा सार्वजनिक गरिएको छ ।
एमएचईभी अर्थात माइल्ड हाइब्रिड भर्सनमा उपलब्ध हुने सो ईभी पिकअप बजारमा आएमा यसले हाल प्रचलित अन्य ईभी पिकअपसँग प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ । यो भन्दा पहिले टोयोटाले पनि हाइलक्स पिकअपलाई ईभीमा उतार्ने योजना सार्वजनिक गरिसकेको छ ।
सो पिकअपमा ड्युअल मोटर सिस्टम छ, जसले १७६ पीएस पावर र ३२५ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ई–एक्सलले फोर ह्विल ड्राइभ क्षमता प्रदान गर्छ । यसमा ६६.९ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यद्यपि यसको रेन्ज र चार्जिङ क्षमताका वारेमा भने अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । पिकअपको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा भन्दा बढी र पेलोड क्षमता एक हजार किलोग्राम छ ।
इसुजुको सो ईभी पिकअप बजारमा भने सन् २०२५ मा मात्र उपलब्ध हुनेछ ।
नेपाली बजारमा समेत हाल पेट्रोलियम पदार्थबाट चल्ने इसुजु डी–म्याक्स पिकअप उपलब्ध छ । यसकारण भविष्यमा इसुजुको ईभी पिकअप नेपालमा समेत आउने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...