इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

नयाँ बर्षको सुरुवातसंगै भारतमा अहिले सवारीसाधनको मूल्य एकपछि अर्को गरी बढीरहेको छ । यसअघि महिन्द्रा, हुन्डाई, फक्सवागन, स्कोडा र एमजी लगायत ब्रान्डले मूल्य बृद्धि गरिसकेका छन् । मूल्य बृद्धि गर्ने यो सूचीमा पछिल्लो समय इसुजु समेत सामेल भएको छ ।
इसुजुले पिकअपको मूल्य २ लाख ९ हजार भारुसम्म बृद्धि गरेको छ भने एमयू–एक्स एसयुभीको ४x२ भेरियन्टमा १४७२७ भारुले मूल्य बृद्धि गरेको छ ।

त्यसैगरी सोही एसयुभीको ४x४ भेरियन्टमा भने १ लाख ५१ हजार भारुले कम गरिएको छ । जापनीजि अटो मेकर इसुजुले अन्तराष्ट्रिय बजारमा एमयू–एक्सको नयाँ जेनेरेशनलाई बिक्री गर्दै आइरहेपनि भारतीय बजारमा भने पुरानै मोडल बिक्री गरिरहेको छ ।

पछिल्लो सयम निकै नै चर्चामा रहेका डि म्याक्स भी क्रसको जेड प्रेस्टिज ४x४ एटीको मूल्य १ लाख १० हजार र ४ह४ एमटीको २ लाख ९ हजार भारुले बृद्धि गरिएको छ । त्यसैगरी इन्ट्रि लेबल हाई–ल्यान्डर डिजेल म्यानुअलको मूल्य २ लाख ७ हजार भारुले बृद्धि भएको छ । अर्को पिकपअ एसक्यावमा भने पुरानै मूल्यलाई निरन्तरता दिइएको छ ।

भारतमा टोयोटा किर्लोस्करले हाइलक्स पिकअपलाई लन्च गर्ने मिती नजिकिदै गएको समयमा मूल्य बृद्धि गरिँदा यसले इसुजु पिकअपको बिस्तार हुँदै गरेको बजारमा धक्का पुग्ने आंकलनहरु गरिएका छन् ।

भारतमा मूल्य बढेपछि यसको सिधा असर नेपाली बजारमा समेत पर्ने अनुमान लगाइएको छ । हाल नेपाली बजारमा डि म्याक्स भी क्रस म्यानुअलको मूल्य ८९ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ भने हाई–ल्यान्डर म्यानुअलको ५७ लाख ९० हजार रुपैँया पर्छ । त्यसैगरी एमयू–एक्स एसयुभीको मूल्य १ करोड ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । भारतमा बृद्धि गरिएको मूल्यलाई आधार मान्दा भोलिका दिनमा नेपालमा यसको एउटै पिकअपमा ८ लाख माथीसम्म मूल्य बृद्धि हुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स...

एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा

एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...

पेट्रोलियम आयातको विकल्प ग्रिन हाइड्रोजन निर्यात बन्न सक्ने अर्थमन्त्री शर्माको भनाइ

पेट्रोलियम आयातको विकल्प ग्रिन हाइड्रोजन निर्यात बन्न सक्ने अर्थमन्त्री शर्माको भनाइ

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...