डिएफएसके भ्यालु फर मनी प्रडक्टका रुपमा परिचित छ

डिएफएसके ब्रान्ड नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ । यो अबधीमा नेपाली एसयुभी पारखीमाझ यसले कस्तो प्रभाव पार्न सफल भएको छ ?
डिएफएसकेलाई हामीले नेपाली बजारमा सन् २०१८ मा भित्राएपनि औपचारिक लन्च भने सन् २०१९ मा गरिएको हो । लन्च गरे लगत्तै लकडाउन सुरु भएको कारण बजार प्रबद्र्धनका क्षेत्रमा सोचेअनुरुप काम गर्न सकिरहेका थिएनौ । यसका बाबजुत पनि डिएफएसकेले यसअघिका चीनीयाँ ब्रान्डले बनाएको नराम्रो रेकर्डलाई चिर्न भने सफल भएको छ । हामीले डिएफएसकेलाई भित्राएपछि अहिले समग्र चीनीयाँ ब्रान्डको बजार सकरात्मक बनिरहेको छ । बिक्रीकै कुरा गर्ने हो भने पनि यो अबधीमा हामीले ७५ बढी एसयुभी बिक्रि गरेका छौ । सर्भिस र स्ेपयर पार्टसको उपलब्धतामा ग्राहकलाई ढुक्क बन्न सकिने अबस्था सिर्जना भएको छ । यसअघि चीनीयाँ ब्रान्डका बारेमा ग्राहले बनाउने धारणालाई परिबर्तन गरी यसको भबिष्य सुन्दर रहेको डिएफएसके ब्रान्डमा ग्राहकले बढाएको बिश्वासबाट प्रमाणित भएको छ । ग्राहकले बिश्वास गरेकै कारण हामीले ग्लोरी ५८० पछि ग्लोरी ५६० र आई अटो समेत लन्च गर्न सफल भयौै । क्रसओभर र इलेक्ट्रिक एसयुभीलाई भने अर्को बर्ष लन्च गर्ने योजना बनाएका छौ ।

डिएफएसके कस्तो ब्रान्डको सवारी साधन हो, बिश्वबजारमा यो ब्रान्डको उपस्थिती कस्तो रहँदै आएको छ ?
यो चीनीयाँ सरकारको स्वमित्वमा सञ्चालित डोङफेङ्ग कम्पनीको साहयक ब्रान्ड हो । जुन बिश्वको ५०० फच्र्युनमा ६८ औं स्थानमा सुचिकृत छ । यहि कम्पनीले चीनमा पुजो, होन्डा, किया, निशान, रेनो र सिट्रोन लगायत ब्रान्डका कार उत्पादन समेत गर्ने गरेको छ । यसको औपचारिक उत्पादनको शुरुवात भने सन् २००३ बाट भएको हो । हाल लेफ्ट ह्यान्ड ड्राइभका कार चीनस्थित प्लान्टमा उत्पादन गरिन्छ भने भने राइट ह्यान्ड ड्राइभको इन्डोनेशियाबाट भैरहेको छ । त्यसैले हामीले पनि इन्डोनेशियाबाटै आयत गरिरहेका छौ । डिएफएसके युरोप र अमेरिकामा समेत निर्यात हुने एउटा गुणस्तरिय ब्रान्ड हो । आजको दिनमा यो ब्रान्डले बिश्वका ८० भन्दा बढी राष्ट्रमा आफ्नो उपस्थिती जनाइसकेको छ ।

बिश्व बजारमा यो ब्रान्डलाई चिनाउने खास बिशेषता के हो ? नेपाली अटो पारखीमाझ यसको लोकप्रियता कस्तो छ ?
यो ब्रान्डका सवारीसाधनमा अत्याधुनिक प्रबिधी, आकर्षक डिजाइन र उत्कृष्ट सेफ्टी फिचर्स उपलब्ध गराइएको छ । यहि सेग्मेन्टका अन्य ब्रान्डको तुलनामा बढी फिचर्स र सुबिधा उपलब्ध गराइएपनि यसको मूल्य भने धेरनै नै कम छ । जसका कारण पनि यसलाई ‘भ्यालु फर मनी प्रोडक्ट’का रुपमा लिने गरिन्छ । यसकोे ग्लोरी एसयुभीमा ५ स्टार सेफ्टी फिचर्सको साथै चारवटै चक्कामा डिस्क ब्रेक, इबिडी, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम जस्ता अत्याुधनिक सेफ्टी फिचर्स दिएको छ । ग्लोरी ५८० लन्च गर्दा यसको शुरुवाती मूल्य ६२ लाख रुपैयाँ थियो । जुन मुल्यमा हामीले यो एसयुभी बिक्री थालेका थियौं त्यो समय बजारमा उपलब्ध यहि सेग्मेन्टको अन्य एसयुभीको मूल्य १ करोडमाथी तोकिएको थियो । अन्तराष्ट्रिय बजारमा ग्लोरी ५८० को तुलना होन्डा सिआरभीसंग हुने भएपनि मूल्य भने झन्डै आधाले कम छ । त्यसैले यसलाई भ्यालु फर मनी प्रोडक्ट भनिएको हो ।

डिएफएसकेलाई बजारमा स्थापित गराउन के कस्ता चुनौतीहरुको सामना गर्नुपर्यो ?
शुरुमा नयाँ ब्रान्ड ल्याउने बित्तिकै त्यसको बजार आफैमा चूनौतीपूर्ण हुन्छ नै । त्यसमाथी हामीले चीनीयाँ ब्रान्ड भित्राएका कारण बढी नै चुनौतीहरुको सामान गर्नुप¥यो । यसको एउटै कारण थियो बिगतमा चीनीयाँ ब्रान्डले बनाएको नराम्रो रेकर्ड । डिएफएसके ब्रान्डका बारेमा ग्राहकहरु ढुक्क भएपनि उनीहरुलाई आफ्टर सेल्स सर्भिसमा भने दुबिधा नै रहेको अबस्था थियो । जुन बिषयमा बुझाउन हामीले निकै नै मेहनत गर्नुपर्यो पनि । अन्तत उहाँहरुलाई बुझाएर बिश्वस्त पार्नसकेपछि मात्र कारोबार अघि बढेको हो । अहिले भने डिएफएसके एसयुभी प्रयोग गर्ने पुराना ग्राहकको सिफरिसमा नयाँ ग्राहकहरु समेत आउन थालेका छन् । जुन हाम्रो लागी एकदमै खुसीको क्षण बनिरहेको छ ।

नेपालमा चीनीयाँ ब्रान्डको भबिष्य कस्तो देख्नु भएको छ ? बजारमा आइरहेका नयाँ ब्रान्डका बारेमा के भन्नुहुन्छ ?
नेपालमा चीनीयाँ ब्रान्डको भबिष्य निकै नै राम्रो छ । चीनीयाँ अटोमोबाइलले बिश्व बजारमै गती लिइरहेको अबस्थामा यसको नेपाली बजार खराब हुने भन्ने नै हुँदैन । बिगतमा भित्रिएका चीनीया ब्रान्डमा समेत गुणस्तर अब्बल नै थियो । त्यतिबेला बिक्री भएका १२÷१५ बर्ष पुराना गाडीहरु समेत अहिले सडकमा गुडिरहेको देख्न सकिन्छ । गुणस्तर राम्रो हुँदा हुँदैपनि बिक्री पछिको सेवा ब्यवस्थित गर्न नसकेका कारण बजारबाट बिस्थापित हुनुपरेको थियो । यस्तो अबस्थाको बाबजुत पनि हामीले जोखिम नै मोलेर डिएफएसकेलाई भित्राएका थियौ । अहिले यो ब्रान्डले ग्राहकको बिश्वास जित्न सफल भएको छ । हामीपछि भित्रिएका ब्रान्डहरु समेत उत्कृष्ट ब्रान्ड भएका कारण उनीहरुले पनि राम्रो गर्दै जानेछन र भोलीका दिनमा चीनीयाँ ब्रान्डले झनै राम्रो प्रभाव पार्ने बिश्वास गर्न सकिन्छ । बजारमा धेरै ब्रान्ड आएपछि प्रतिस्पर्धा समेत बढ्ने हुँदा ग्राहकले पनि छिटो छरितो र राम्रो सेवा पाउन थाल्नेछन् ।

सम्बन्धित समाचारहरू

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

नयाँ बर्षको सुरुवातसंगै भारतमा अहिले सवारीसाधनको मूल्य एकपछि अर्को गरी...

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...

नेपाल भित्रियो सिट्रोन ब्रान्ड, आयो सी५ एयरक्रस एसयूभी

नेपाल भित्रियो सिट्रोन ब्रान्ड, आयो सी५ एयरक्रस एसयूभी

काठमाडौं – नेपाली बजारमा सिट्रोन ब्रान्डको सी५ एयरक्रस एसयूभी भित्रिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...