४ लाख २८ हजार रुपैयाँसम्म पर्ने रोयल इनफिल्डको प्रिमियम हेलमेट
काठमाडौं–रोयल इनफिल्डले बेलायती प्रिमियम हेलमेट ब्रान्ड ‘हेडोन’ सँगको...
काठमाडौँ–चीनको प्रसिद्ध सवारीसाधन निर्माता कम्पनी जीडब्ल्यूएमका दुई लोकप्रिय मोडलहरूले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका छन् ।
सन् २०२६ को टोरिनो अटोमोटिभ डिजाइन अवाड्र्स (टीएडीए) मा जीडब्लूएमका विद्युतीय मोडल ओरा५ र प्रिमियम एसयूभी ट्यांक ३०० ले आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्दै सम्मानित भएका हुन् ।
टीएडीए २०२६ अन्तर्गत ओरा५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ हासिल गरेको छ । आधुनिक प्रविधिसँगै दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको ओरा५ को क्याविनमा प्रविधिमैत्री ककपिट, सहज कनेक्टिभिटी र आरामदायक यात्रालाई विशेष प्राथमिकता दिइएको छ ।
यस अवार्डले नयाँ पुस्ताका विद्युतीय सवारीमा स्टायल, व्यवहारिकता र प्रविधिको सन्तुलित संयोजनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गरेको छ ।
यसैगरी, प्रिमियम कार विधातर्फ जीडब्लूएमकै ट्यांक ३०० ले ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ आफ्नो नाममा पारेको छ । जीडब्लूएमको ट्यांक ब्रान्डअन्तर्गत निर्मित यस एसयूभीले आधुनिक अफ–रोड प्रविधि, बलियो इन्जिनियरिङ र प्रिमियम सुविधाहरूको उत्कृष्ट नमुना पेश गर्छ । ट्यांक ३०० ले प्राप्त गरेको यो सम्मानले कम्पनीको उच्चस्तरीय एसयूभी उत्पादन क्षमता र प्रविधिगत नवप्रवर्तनलाई विश्वसामु थप उजागर गरेको छ ।
नेपालमा जीडब्लूएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले नेपाली बजारमा शहरी विद्युतीय गाडीदेखि लिएर साहसिक यात्राका लागि सक्षम एसयूभीसम्मका विभिन्न मोडलहरू बिक्री–वितरण गर्दै आएको छ ।
कम्पनीका अनुसार यी दुई फरक मोडलहरूले पाएको अन्तर्राष्ट्रिय सम्मानले नेपाली ग्राहकहरूमा ब्रान्डको विश्वसनीयता थप्नुका साथै विश्वस्तरीय अटोमोटिभ प्रविधि र अत्याधुनिक डिजाइनको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...