क्विकसिफ्टर फिचरसहित आए यामाहा आर१५ भी४ का दुई नयाँ भेरियन्ट
काठमाडौं–यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल आर१५ भी४ का थप दुई नयाँ...
यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार दैनिकजसो आइरहे । अब भने यसको नाम आर१५एम हुने र यो आर७ बाट धेरै नै प्रभावित भएको पक्का भएको छ । त्यसैगरी यसको लुक पनि निकै नै रोचक छ ।
केही दिन भित्रै यो बाइक भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यसमा सबैभन्दा महत्वपूर्ण परिवर्तन हेडलाइटमा गरिएको छ । यामाहा आर१५एममा ट्विन आई हेडलाइटको सट्टा सिंगल पोड प्रोजेक्टर हेडलाइट युनिट लगाइएको छ । यसले एमटी–१५ र एफजेडएक्स–२५ को याद दिलाउछ ।
त्यसैगरी यसको ध्यान आकर्षित गर्ने अर्को पार्ट यूएसडी फोर्क्स हो, जसमा गोल्ड कलर पेन्ट गरिएको छ । यो सेटअपले बाइकलाई एक ओभरल स्पोर्टीयर एक्सपेरियन्स दिनुका साथै बाइकको ह्यान्डलिङमा सुधार समेत ल्याएको छ ।
यसको साइड प्रोफाइल अधिकांश प्यानल आर१५ बाटै लिइएको छ । यद्यपि यसको एक्जस्ट अलि कठोर छ भने अलि प्रिमियम मेटालिक फिनिसका साथ प्रयोग गरिएको छ ।
अन्य परिवर्तनको वारेमा धेरै सार्वजनिक भएको छैन । यद्यपि यसमा ब्लुटुथ कनेक्टिभिटी प्रयोग गर्न सकिने इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुने अनुमान गरिएको छ ।
यो बाइकमा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग हुनेछ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स हुनेछ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...