यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार दैनिकजसो आइरहे । अब भने यसको नाम आर१५एम हुने र यो आर७ बाट धेरै नै प्रभावित भएको पक्का भएको छ । त्यसैगरी यसको लुक पनि निकै नै रोचक छ ।

केही दिन भित्रै यो बाइक भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसमा सबैभन्दा महत्वपूर्ण परिवर्तन हेडलाइटमा गरिएको छ । यामाहा आर१५एममा ट्विन आई हेडलाइटको सट्टा सिंगल पोड प्रोजेक्टर हेडलाइट युनिट लगाइएको छ । यसले एमटी–१५ र एफजेडएक्स–२५ को याद दिलाउछ ।

त्यसैगरी यसको ध्यान आकर्षित गर्ने अर्को पार्ट यूएसडी फोर्क्स हो, जसमा गोल्ड कलर पेन्ट गरिएको छ । यो सेटअपले बाइकलाई एक ओभरल स्पोर्टीयर एक्सपेरियन्स दिनुका साथै बाइकको ह्यान्डलिङमा सुधार समेत ल्याएको छ ।

यसको साइड प्रोफाइल अधिकांश प्यानल आर१५ बाटै लिइएको छ । यद्यपि यसको एक्जस्ट अलि कठोर छ भने अलि प्रिमियम मेटालिक फिनिसका साथ प्रयोग गरिएको छ ।

अन्य परिवर्तनको वारेमा धेरै सार्वजनिक भएको छैन । यद्यपि यसमा ब्लुटुथ कनेक्टिभिटी प्रयोग गर्न सकिने इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुने अनुमान गरिएको छ ।

यो बाइकमा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग हुनेछ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स हुनेछ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा हुनेछ ।

सम्बन्धित समाचारहरू

१५० सिसी सेग्मेन्टमा यामाहा मोटरसाइकल, यस्तो छ ७ मोडलको मूल्य

१५० सिसी सेग्मेन्टमा यामाहा मोटरसाइकल, यस्तो छ ७ मोडलको मूल्य

काठमाडौं– नेपालको टु–ह्विलर बजारमा स्थापित ब्रान्ड हो यामाहा । स्पोर्टी...

यामाहा बाइक वा स्कुटर किन्ने ४ जनाले थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा मोटोजिपी हेर्न पाउने

यामाहा बाइक वा स्कुटर किन्ने ४ जनाले थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा मोटोजिपी हेर्न पाउने

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...

यामाहाले यही वर्ष २ पावरफुल बाइक लन्च गर्दै, केटीएमसँग प्रतिस्पर्धा हुने

यामाहाले यही वर्ष २ पावरफुल बाइक लन्च गर्दै, केटीएमसँग प्रतिस्पर्धा हुने

अटोमोबाइल बजारमा नेकेड र फेयर्ड बाइकको मिड सेगमेन्टमा केटीएम बाइकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...