इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अन्तर्गत काभ्रेका हरि पाण्डेले जिते एक्सप्रेस-टी ईभी कार

काठमाडौं - राइड सेयरिङ कम्पनी इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अन्तर्गत टाटा एक्सप्रेस-टी ईभी कार काभ्रेपलान्चोकको तेमाल गाउँपालिका -४ का हरि पाण्डेले जितेका छन् ।

आफ्ना मिहिनेती चालकहरूलाई सम्मान गर्दै इनड्राइभले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच प्लाटिनम ड्राइभर गिभअवेका विजेता हरि पाण्डेलाई उक्त कार हस्तान्तरण गरिएकाे हाे । इनड्राइभसँग विगत तीन वर्षदेखि आबद्ध पाण्डेले आफू कार जित्न सफल भएकोमा अत्यन्तै हर्षित भएको बताए । उनले कार जित्नुलाई यो सपनाजस्तै लागेको र अनपेक्षित भएको जानकारी पनि दिए ।

इनड्राइभले दशैंलाई लक्षित गरी गत भदौ १५ गतेदेखि असोज २६ गतेसम्म सञ्चालित यस अभियानमा इनड्राइभका प्लाटिनम स्टाटस प्राप्त चालकहरूलाई समावेश गरेको थियो । जहाँ लगातार तीन सातासम्म हरेक साता मोटरसाइकल चालकले ४५ वटा र कार चालकले ३५ वटा राइड पूरा गरी प्लाटिनम स्टाटस कायम गर्ने चालकहरू ग्राण्ड प्राइजका लागि छनौट भएका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनीले नै तिरिदिने छ ।

यस अभियानको लक्की ड्र नोभेम्बर ७ मा इनड्राइभको आधिकारिक टिकटक पेजमार्फत सार्वजनिक गरिएको थियो । यसै गिभअवेअन्तर्गत दोलखाका आकाश तामाङले टीभीएस रेइडर बाइक हात पारेका छन् । आफू ‘प्लाटिनम’ ड्राइभर वर्गमा परेको र राम्रो राइड गरेकोले यो सफलता हात लागेको आकाश तामाङले बताए ।

उनले दुःख अड्चन त धेरै आएता पनि घामपानि नभनी काम गरि सेवाका लागि हिँडेका कारण आफूले बाइक जितेकोमा खुशी व्यत्त गरे ।

यस्तै, ग्राण्ड प्राइजका अतिरिक्त साप्ताहिक लक्की ड्रमार्फत १५ वटा वानप्लस नर्ड सी फोर लाइभ फाइभ जी स्मार्टफोन, ३० वटा अल्टीमा टम् वान नाइन्टी थ्री र ३० वटा अल्टीमा नोभा प्रो स्मार्ट वाच पनि प्रदान गरिएका थिए । समारोहमा तिलक थापा मगर, विजय बस्नेत, राजेन्द्र महर्जन, श्याम कुमार लिम्बु र कार्तिमान बेगी मगरले स्मार्टफोन जितेका थिए ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अप्रेशन स्पेसलिस्ट सुनिता जिमी राईले यो तेस्रो संस्करणको ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ कार्यक्रम भएको जानकारी दिइन् । यसअघि मार्चमा पल्सर बाइक, र दोस्रो संस्करणमा टाटा एक्सप्रेस-टी ईभी र टिभिएस रेडर बाइक पनि उपहार स्वरूप दिइएको पनि उनले जानकारी गराइन् ।

कार्यक्रममा इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ लिता पोखरेल र कन्टेन्ट मार्केटिङ म्यानेजर अंकिता ज्ञवाली लगायत इनड्राइभका अन्य पदाधिकारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । इनड्राइभले आफ्ना चालक साझेदारहरूको आय वृद्धि र प्रोत्साहनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको र यसबाट नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना भएको दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

के हो सवारीको गति मापन गर्ने लिडार स्पिड गन ?

के हो सवारीको गति मापन गर्ने लिडार स्पिड गन ?

सवारी आवागमनलाई सहज, सुरक्षित एवं भरपर्दो बनाई सडकमा पैदलयात्रु, चालक तथा...

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च...

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...