निर्वाचनको दिन वैशाख ३० गते सवारी साधन नचल्ने
काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते...
सवारी आवागमनलाई सहज, सुरक्षित एवं भरपर्दो बनाई सडकमा पैदलयात्रु, चालक तथा अन्य यात्रुहरुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले काठमाण्डौं उपत्यकामा, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी, परिसर, वृत्त र प्रभागहरुबाट तथा उपत्यका बाहिर जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्ट, अस्थायी ट्राफिक प्रहरी पोष्टहरुबाट प्रभावकारी रुपले मौजुदा कानुनको कार्यान्वयन गर्ने, दुर्घटनामा तत्काल उद्दार तथा घटनास्थलको अनुसन्धान गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा, चोरी भएका सवारी साधनहरुको खोजी तथा अनुसन्धान गर्ने, विभिन्न सार्वजनिक सवारी साधनहरुमा छुटेका सामानहरु खोजी गरी सम्बन्धित धनीलाई जिम्मा दिने लगायतका कार्यहरु सफलतापूर्वक सम्पादन हुँदै आएका छन् ।
उक्त जिम्मेवारीहरु पुरा गर्न नेपाल प्रहरी संगठनले ट्राफिक प्रहरीको व्यवसायिकता र कार्यसम्पादनको गुणस्तर अभिवृद्धि गर्न विशेष जोड दिएको छ । सडकमा ट्राफिक प्रहरीको कार्यलाई पारदर्शि एवं थप सक्षम तुल्याउन प्रविधिको समुचित व्यवस्था गर्न समेत विशेष प्रयास शुरु गरिएका छन् । दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, साँघुरा सडक, सवारी नियमबारे जनमानसमा बुझाइको कमी विशेषगरी ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति ट्राफिक व्यवस्थापनका लागि वर्तमानका जटिल एवम् चुनौतीपूर्ण कार्यहरु हुन् ।
नेपाल प्रहरी संगठनले यी र यस्तै चुनौतीहरुको सामना गर्दै ‘सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन’ सँगै चुस्त सेवा प्रवाहलाई मूल ध्येय मानेको छ । यसका लागि केही नविनतम प्रबिधिहरुको पनि प्रयोग गरेको छ । आउनुहोस् आजको अंकमा ट्राफिक ब्यवस्थापनका लागि प्रयोग भएका प्रबिधिहरु मध्ये लिडार स्पिड गनका बारेमा चर्चा गरौं ।
लिडार स्पिड गन
ट्राफिक ब्यवस्थापनका क्रममा प्रयोग भैरहेको बिभिन्न प्रबिधि मध्ये प्रयोगमा आएको अर्को प्रबिधि हो लिडार स्पिड गन । लिडार स्पिड गन यसअघि ट्राफिक प्रहरीले प्रयोग गर्दै आएको राडार गन जस्तै पछिल्लो समय भित्रिएको उच्च प्रविधिको यन्त्र हो । यसले ४ सय मिटर भन्दा टाढाबाटै सवारी साधनको गति पत्ता लगाउन सक्छ ।
प्रति घण्टा ३०० किलोमिटर गतिसम्म यो यन्त्रले पत्ता लगाउन सक्छ । हाल तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले एएनपिआर सिस्टम, टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाइरहेको सन्दर्भमा यो उच्च प्रविधिको लिडार स्पिड गनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने र सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन पहिचान तथा प्रमाण संकलनका लागि समेत प्रभावकारी हुने बिश्वास गरिएको छ ।
यस उपकरणमा लेजर ट्रान्समिटर, लेटर रिसिभर, क्यामेरा लगायतले एकिकृत भएर काम गर्छ । टाईपड स्ट्याण्डद्धारा कुनै निश्चित स्थानबाट गति मापन गर्न सकिने यो यन्त्र सजिलै एक स्थानबाट अर्को स्थानमा लगेर समेत गति मापन गर्न सकिन्छ । यसले गति सिमा कायम गरिएका सडकहरुमा सवारी साधनको गति, नम्बर प्लेट सहित सवारी साधनको फोटो तथा भिडियो खिच्दछ ।यसरी खिचिएका फोटो तथा भिडियोहरुको आधारमा सडकमा खटिएको ट्राफिक प्रहरीले सम्बन्धित धनि वा सवारी चालकलाई तीव्र गतिको कसुरमा कारबाही गर्ने गर्दछन् ।
प्र.व.ना.नि. बिष्णु थापा
काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते...
हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको...
ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिनका निम्ति जरिवाना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...