इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं–विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ का ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । ड्राइभर पार्टनरहरूको प्रतिबद्धता र उत्कृष्ट सेवाको सम्मानस्वरूप सुरु गरिएको उक्त अभियानमा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।

तीन सातासम्म सञ्चालन गरिएको उक्त क्याम्पेन अन्तर्गत साप्ताहिक च्यालेन्ज, आकर्षक पुरस्कार तथा दुईवटा मेगा ग्रान्ड पुरस्कारमार्फत इनड्राइभका उत्कृष्ट ड्राइभर पार्टनर्सलाई छनोट गरिएको थियो । विजेताहरूको नाम नोभेम्बर ७ मा इनड्राइभ नेपालको अधिकृत टिकटक च्यानलमार्फत प्रत्यक्ष लक्की ड्र मार्फत घोषणा गरिएको हो ।

ग्रान्ड प्राइज विजेतामा क्याब ड्राइभर श्रेणीबाट हरि पाण्डे चयन भए, जसले टाटा एक्सप्रेस–टि इभी जिते । त्यस्तै बाइक (मोटो) राइडर श्रेणीबाट आकाश तामाङले टिभिएस रेडर मोटरसाइकल पुरस्कार प्राप्त गरे । दुबै विजेताहरू तीनै च्यालेन्ज साताभरि प्लेटिनम स्थिति कायम राख्ने तथा सबै योग्यता मापदण्ड पूरा गर्नेमध्येबाट छनोट भएका थिए ।

क्याम्पेनले साप्ताहिक रूपमा अन्य ड्राइभर पार्टनर्सलाई समेत पुरस्कार प्रदान गरेको छ । जसअन्तर्गत वनप्लस नर्ड सीई४ लाइट ५जी स्मार्टफोन १५ जना, अल्टिमा एटम १९२ इयरबड ३० जना, र अल्टिमा नोभा प्रो स्मार्टवाच ३० जना ड्राइभर पार्टनर्सले जित्न सफल भए।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...