इनड्राइभको ब्रान्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त, नयाँ ३६० डिग्री क्याम्पेन सुरु

काठमाडौं - विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।

सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ पनि सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्दछ ।

यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर मोडेललाई केन्द्रीयअ वधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् । यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा ‘स्वतन्त्रताको अधिकार’ स्थापित गर्छ ।

क्याम्पेनको मूल उद्देश्य ‘रोजाइको स्वतन्त्रता’ हो, जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ ।

इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरु मध्ये गाडीको मोडेल, चालकको रेटिङ र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।

स्वस्तिमा खड्का यस क्याम्पेनको ब्रान्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवा वर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ । क्याम्पेनको सन्देश ‘इनड्राइभसँग यात्रातपाईंकै रोजाइमा’ ले इनड्राइभको ‘पिपुल फस्र्ट’ मिशनलाई बलियो बनाउँदै निष्पक्षता र स्वतन्त्रता माथि आधारित समुदाय निर्माणको भावना प्रष्ट पार्दछ ।

कम्पनीका अनुसार, ३६० डिग्री क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेसनहरू मार्फत देशभर लागू गरिनेछ, जसले एकीकृत संचार अनुभव प्रदान गर्नेछ । यस पहलद्वारा इनड्राइभले आफूलाई ‘पिपुल ड्रिभन प्लेटफर्म’ को रूपमा पुनः स्थापित गर्दै निष्पक्ष मूल्य निर्धारण, रोजाइको स्वतन्त्रता र सामुदायिक सशक्तीकरणको सन्देशलाई मजबुत बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...