भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौँ - नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । बिहीवार काठमाडौँको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।

बिरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताए । उनले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित भएको बताए ।

प्रदर्शनकारी यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेज गर्नुपर्ने लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।

सम्बन्धित समाचारहरू

इन्डोनेसियामा पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला एउटै सवारी साधनमा बस्न निषेध

इन्डोनेसियामा पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला एउटै सवारी साधनमा बस्न निषेध

इन्डोनेसियाको अति(रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई...

चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल...

गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान

गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान

काठमाडौँ – यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...