ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

काठमाडौँ । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ । यसअघि जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा समानान्तर पार्किङ शुरू महानगरले आज (आइतबार)देखि कुमारीपाटीमा पनि सोही नियम लागू गरेको हो ।

सडक छेउमा जथाभाबी पार्किङ गर्दा ट्राफिक व्यस्थापनमा समस्या भएकोले कुमारीपाटीमा समानान्तर पार्किङ शुरू गरिएको पालिकाले जनाएको छ ।

पालिकाकाे अनुसार समानान्तर पार्किङ गर्दा थोरै स्थान ओगट्ने र ट्राफिक व्यवस्थापन गर्न सहज भएको छ । समानान्तर पार्किङलाई आवश्यकताका आधारमा थप विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा खरिबोट–भनिमण्डलबाट शुरू गरिएको यो नियम आजदेखि कुमारीपाटीमा लागू भएको भन्दै क्रमशः अन्य ठाउँमा पनि लागू गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

सबैसँग समन्वय गरेर पार्किङ व्यवस्थापनको काम भइरहेको र सबैलाई सजिलो हुनेगरी पार्किङ व्यवस्थापन गर्न महानगर प्रमुख चिरीबाबु महर्जनले निर्देशन दिएका छन् ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि...

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी...

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं– दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...