भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

नेपालमा चिनियाँ ईभीको बजार निकै ठूलो मानिन्छ । २ दर्जन बढी ब्रान्डका बिद्युतीय कार बिक्री हुने नेपाली अटोमोबाइल बजारमा भारतबाट टाटा ईभी आयात हुने गरेको छ भने कोरिया, इन्डोनेशिया, जर्मनी, थाइल्यान्ड र अमेरिकाबाट समेत विभिन्न ब्राण्ड्का ईभी आयात हुँदै आएका छन् ।

नेपालमा आयात हुने बिद्युतीय कारमा चिनियाँ ब्रान्डको हिस्सा ८० प्रतिशत हाराहारी देखिन्छ । बाँकी २० प्रतिशतमा भारतीय ब्रान्ड टाटाको हिस्सा निकै ठूलो छ । त्यसो त, भारतबाट महिन्द्रा एक्सयुभी–४०० र एमजी कोमेटजस्ता ईभी समेत आयात हुने भएपनि यसको माग निकै न्युन छ ।

यसअघि भारतीय ब्रान्डले कब्जा जमाएको नेपाली अटो बजार चिनियाँ ब्रान्डमा सिफ्ट भएसंँगै अहिले मारुती सुजुकी, हुन्डाई र महिन्द्राजस्ता भारतमा उत्पादित कारले बजार नराम्रोसंँग गुमाउनु परेको छ । यसरी गुमेको बजारमा पुनरागमन गर्न यी तीनवटै ब्रान्डले यस वर्ष नयाँ ईभी ल्याउँदैछन् ।

नयाँ ईभी ल्याउने भारतीय ब्रान्डको सुचीमा टाटा मोटर्स पनि सामेल छ , जसले हाल पन्च ईभी र टियागो ईभीमार्फत राम्रो कारोबार गरिरहेको छ । एमजीले समेत भारतमा निर्मित विन्डसर ईभी नेपाल ल्याउने तयारी थालेको छ ।

हुन्डाईले उत्पादन गरेको क्रेटा ईभी यसवर्ष भारतबाट आयात हुने नयाँ ईभीमा ‘हट केक’ बन्ने देखिन्छ । कम्वसन क्रेटाले विगत ९ वर्षयता नेपाली एसयुभी पराखीको विश्वास जित्दै आएकोमा सोही गाडीको ’ईभी भर्सन समेत नेपाल आउने भएपछि यसले चर्चा बटुल्ने नै भयो । त्यसो त हुन्डाईले नेपालमा ईभी बिक्री गर्न थालेको निकै वर्ष भयो । कोना इलेक्ट्रिक हुँदै प्रियिमम ईभी आयोनिक–५ सम्म आइपुग्दा हुन्डाईको नेपालमा सयौं ईभी प्रयोगकर्ता छन् । नयाँ आउँदै गरेको क्रेटा ईभीले चिनियाँ ब्रान्ड बीवाईडी एट्टो–३, ओमोडा, लिपमोटर र एक्सपेङ जस्ता ईभीसंग प्रतिस्पर्धा गर्नेछ ।

यसैवर्ष, महिन्द्राले बीर्ई–६ई र एक्सईभी–९ई को समेत नेपालमा बिक्री प्रारम्भ गर्ने देखिन्छ । आधुनिक डिजाइन र उत्कृष्ट पर्फमेन्सका कारण चर्चा बटुल्न सफल यी दुई ईभीले पनि चिनियाँ ब्रान्डकै बजार खोस्ने निश्चित छ । मारुती सुजुकीले ई–भिटारालाई समेत यसै वर्ष नेपाल पठाउने लगभग पक्कापक्कि जस्तै छ । नेक्सन ईभीलाई पहिलोपटक बजारमा उतारेर चर्चा कमाएको टाटाले समेत यसवर्ष कर्भ ईभी नेपाल पठाउनेछ ।

सुलभ मुल्य र किफायती स्पेयर पाट्र्स तथा आफ्टर सेल्स सर्भिसका कारण यसअघि कम्वसन गाडीले निकै राम्रो बजार पाएको सुजुकी र टाटाजस्ता ब्रान्डका यी नयाँ ईभीले पनि बजारमा राम्रै प्रभाव पार्ने देखिन्छ । चिनियाँ ब्रान्डको तुलनामा सर्भिस र स्पेयर पाट्र्स सहज हुने विश्वासका कारण पनि यसवर्ष भारतमा उत्पादित नयाँ ईभीले नेपाली अटो बजारमा राम्रै वर्चस्व कायम गर्ने अनुमान गर्न सकिन्छ ।

समग्रमा भन्दा व्यावसायिक हिसाबले यसरी विभिन्न देशका ईभी ब्रान्डहरू बीच प्रतिस्पर्धा भैरहँदा उपभोक्ताले तुलनात्मक हिसाबले विभिन्न बान्डको प्रयोग र परिक्षण गरेर उपयुक्त ब्राण्ड छनौट गर्न पाउने अवसर पनि प्राप्त गर्नेछन् । बढ्दो प्रतिस्पर्धाले गुणस्तरीय उत्पादन सहित सहुलियतपूर्ण विभिन्न अफरहरू पनि दिनुपर्ने बाध्यता उत्पादक कम्पनी तथा बिक्रेतालाई पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

चिनियाँ ईभी निर्माता होजोन मोटर्सले दुई वर्षभित्र थप तीन नयाँ मोडल लन्च...

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

काठमाडौं – ३० लाख भन्दा कम मूल्यमै ईभी किन्न चाहने ग्राहकलाई लक्ष्यित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...