बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा अव वेलायतबाट आयत हुने विलासी कार र प्रिमियम बाइक सस्तो हुने भएको छ । भारत र बेलायतले एक ऐतिहासिक व्यापार सम्झौता गरेपछि वेलायतबाट आयात हुने कार तथा मोटरसाइकल सस्तो पर्ने भएको हो ।
साथै, भारतमा उत्पादन भई बेलायत निर्यात हुने कार र मोटरसाइलले समेत त्यहाँको बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्नेछन् । स्वतन्त्र व्यापार सम्झौताको एक भागको रूपमा, भारतले बेलायतबाट आयात गर्ने विलासी कारमा कर हालको १०० प्रतिशतबाट घटेर केवल १० प्रतिशतमा झर्नेछ ।
यसैबीच, भारतले बेलायतमा कार र मोटरसाइकल निर्यात गर्दा लगभग ९९ प्रतिशत कर छुट पाउने उल्लेख गरिएको छ । बेलायतमा बनेका कारको आयात शुल्कमा भारी गिरावट आउने भएपछि ज्यागुअर ल्यान्ड रोभर, एस्टन मार्टिन, बेन्टले र रोल्स रोयस जस्ता विलासी कारको मूल्य सस्तो पर्नेछ ।
२०२४ मा, भारतले बेलायतबाट ६५० करोड रुपैयाँ मूल्यका कार, ३० करोड मूल्यका मोटरसाइकल र १ हजार १५० करोड मूल्य वरावरका स्पेयर पार्ट्स आयात गरेको थियो ।
भारत–बेलायत स्वतन्त्र व्यापार सम्झौता महिन्द्रा, रोयल इनफिल्ड, टिभीएस र बजाज जस्ता भारतीय निर्माताहरू र जेएलआर, मारुति सुजुकी र टोयोटा जस्ता भारतमा उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि पनि लाभदायक हुनेछ । यी ब्रान्डहरूले हाल भारतमा निर्मित मोडलहरु बेलायतमा निर्यात गरिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...