कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
अटो इन्डस्ट्रीको सबैभन्दा ठुलो कार्यक्रम भारत मोबिलिटी एक्स्पो सन् २०२५ जनवरी १७ देखि २२ सम्म आयोजना हुने भएको छ । सो कार्यक्रमको आयोजना सियाम, सीआईआई र एसीएमएले गर्दैछन् । पहिले यसलाई अटो एक्सपो भनेर चिनिन्थ्यो । पछि यसको नाम परिवर्तन गरी भारत मोबिलिटी एक्स्पो राखिएको हो ।
सो कार्यक्रम दिल्ली एनसीआरको प्रगति मैदान, इन्डिया इन्टरनेशनल कन्भेन्शन एण्ड एक्सपो सेन्टर र ग्रेटर नोएडाको इन्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आयोजना हुनेछ ।
उक्त कार्यक्रममा बीएमडब्ल्यु, बीवाईडी, हुन्डाई, इसुजु, किया, लेक्सस, महिन्द्रा, मारुती सुजुकी, मर्सिडीज बेन्ज, एमजी, पोर्शे, स्कोडा, फक्सवागन, टाटा मोटर्स, टोयोटा र भिनफास्ट जस्ता ब्राण्डले आफ्नो सहभागिता जनाउने पुष्टि भएको छ । साथै आउँदो केही हप्तामा औडी, ल्यान्ड रोभर, रेनो, निसान, मासेराटी, जीप, फोर्स मोटर्स, लोटस जस्ता ओईएम पनि सो कार्यक्रममा सामेल हुने जानकारी दिइएको छ ।
भारत मोबिलिटी एक्सपोमा केही नयाँ मोडलहरु पनि प्रस्तुत गर्न सकिनेछ । यसमा हुन्डाई क्रेटा ईभी, मारुती ई भिटारा, किया ईभी६ फेसलिफ्ट, टाटा ह्यारियर ईभी र टाटा सिएरा ईभी लगायतका नयाँ मोडल प्रदर्शन हुने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...