भारतले बनायो सुपर-फास्ट सोडियम-आयाेन ब्याट्री, चीनको लिथियम प्रभुत्वलाई चुनौती

भारतले लिथियममा चीनको निर्भरता घटाउने दिशामा ठूलो सफलता पाएको छ। बेंगलुरुस्थित जवाहरलाल नेहरू सेन्टर फर एडभान्स्ड साइन्टिफिक रिसर्चका वैज्ञानिकहरूको एक समूहले सुपर-फास्ट चार्जिङ क्षमतायुक्त सोडियम-आयाेन ब्याट्री विकास गरेको दाबी गरेका छन् ।

अनुसन्धान टोलीका अनुसार, उक्त ब्याट्रीले केवल ६ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने र यसको चार्ज साइकल ३ हजार भन्दा बढी रहेको दाबी छ। सो ब्याट्री नासिकोन आधारित इलेक्ट्रोकेमिकल पोलिएनियोनिक प्रविधिमा आधारित छ, जसले परम्परागत सोडियम ब्याट्रीभन्दा उत्कृष्ट प्रदर्शन दिन सक्छ।

लिथियम-आयाेन ब्याट्री निर्माणमा प्रयोग हुने लिथियम, कोबाल्ट, निकल र तामा जस्ता तत्व दुर्लभ र महँगाे हुन्छ र लिथियमको आपूर्तिमा चीनको प्रभुत्व छ । यस्तो अवस्थामा, भारतमा विकास गरिएको सोडियम-आयाेन ब्याट्री कम लागत, उच्च उपलब्धता र सुरक्षित ढुवानी जस्ता फाइदाका कारण लिथियमको उपयुक्त विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, सोडियम ब्याट्रीको ऊर्जा घनत्व लिथियमभन्दा कम हुने र सो प्रविधि अझै प्रारम्भिक चरणमा रहेको वैज्ञानिकहरूको भनाइ छ। तर समयसँगै यसको व्यावसायिक प्रयोगको सम्भावना बलियो बन्दै गएको छ।

सम्बन्धित समाचारहरू

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...

एसियन ब्याट्रिजद्वारा अन्तर्राष्ट्रिय स्तरमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन

एसियन ब्याट्रिजद्वारा अन्तर्राष्ट्रिय स्तरमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन

एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

फिनल्यान्डको इलेक्ट्रिक मोटरसाइकल निर्माता भर्ज मोटरसाइकलले सीईएस २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...