साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान, यस्तो छ योग्यता
काठमाडौँ – प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि साझा यातायातले...
दुई पाङ्ग्रे सवारीसाधनको बजारमा भारतले चीनलाई पराजित गरेको छ । रिपोर्टका अनुसार भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा ठुलो दुईपाङ्ग्रे सवारीसाधन बजार बनेको छ । अर्थात् चीनमा भन्दा भारतमा धेरै बाइक र स्कुटर बिक्री भएको छ ।
भारतको ग्रामीण क्षेत्रले भरिएको देश हो र यहाँ दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढी हुने गरेको छ । ग्रामीण क्षेत्रमा दुई पाङ्ग्रे सवारीसाधनको बढ्दो माग र ग्रामीण विकासका लागि सरकारी पहलका कारण भारत सबैभन्दा ठुलो दुईपाङ्ग्रे सवारी बजारको रूपमा उभिएको छ ।
होन्डाका बाइक विश्वमा बढि बिक्री हुने गरेको छ । त्यसपछि हिरो मोटोकर्प, यामाहा, टीभीएस मोटर र याडिया जस्ता कम्पनीहरू छन् । टीभीएस मोटर वार्षिक २५ प्रतिशतको बृद्धिका साथ शीर्ष १० ब्रान्डहरूमध्ये सबैभन्दा छिटो बढिरहेको ब्रान्ड बनेको छ ।
रिपोर्टका अनुसार २०२४ को पहिलो छमाहीमा विश्वव्यापी रूपमा दुई पाङ्ग्रे सवारी साधनको बिक्री वार्षिक आधारमा ४ प्रतिशतले बढेको छ । भारतमा मात्रै नभई युरोप, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, मध्य पूर्वका देशहरू र अफ्रिकामा पनि दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमा ठुलो वृद्धि भएको थियो। तर, चीन र दक्षिणपूर्वी एसियामा दुईपाङ्ग्रे सवारीसाधनको बिक्री घटेको छ ।
भारतको दुई पाङ्ग्रे सवारीको बजारले यस वर्षको पहिलो छमाहीमा २२ प्रतिशतको बृद्धि भएको छ । भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा ठुलो दुईपाङ्ग्रे सवारीसाधन बजार बनेको छ । वार्षिक आधारमा यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भारतमा दुई पाङ्ग्रे सवारीसाधनमा बलियो दोहोरो अंकको वृद्धि भएको छ।
चीनमा १२५ सीसी भन्दा कम क्षमता भएका धेरै बाइक र स्कुटर बिक्री हुने गरेको छ । तर, ग्राहकले दैनिक उपभोगका लागि मोटरसाइकल र स्कुटरको सट्टा इलेक्ट्रिक मोटरसाइकल रोज्न थालेका छन् । यो परिवर्तनले चिनियाँ दुई पाङ्ग्रे सवारीसाधनको बजारमा, विशेष गरी इलेक्ट्रिक सेगमेन्टमा अस्थायी मन्दी निम्त्याएको छ।
काठमाडौँ – प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि साझा यातायातले...
चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा...
युरोपेली संघले स्क्र्याप गरिएका सवारीसाधनको लागि नयाँ नियम मस्यौदा गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...